उज्यालो टिमको तिहार गीत ‘खेलौं खेलौं देउसी र भैलौं’ सार्वजनिक
Tuesday, November 2nd, 2021, 10:11 am Kalpristha
कालपृष्ठ समाचारदाता नेपालगन्ज, १६ कात्तिक
व्यावसायीसँगै समाजिक र संगीत क्षेत्रमा योगदान गरिरहेकी तारा रोकायको स्वरमा रहेको तिहारको नयाँ गीत सार्वजनिक भएको छ । समाजसेवी एवम् युवा व्यावसायी तारा रोकाय सहितको टिमले नेपाली मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्य सहित तिहारको नयाँ गीतको निर्माण गरेको हो । उज्यालो आर्टिस्ट टिमको प्रस्तुति रहेको ‘खेलौं खेलौं देउसी र भैलौं’ नाम गितमा नेपालगन्जका चर्चित व्यावसायी र कलाकारहरुको उपस्थित रहेको छ । गीतमा बिपिन खड्का, तारा कुमारी खत्री रोकाय, मधु कुवर र सृजना देवकोटाको स्वर रहेको छ ।
खर्क बहादुर बुढाको संगीत रहेको गीतको निर्देशन बिपिन खड्काले गरेका छन । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन लुम्बिनी प्रदेश महासचिव एवम् नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बाँके उपाध्यक्ष रोकायले यसअघि किताव र एल्वम् सृजना गरिसकेकी छिन ।
पुर्णतारा फाउण्डेशन मार्फत उनले २०५८ सालमा तिजको विषयवस्तुलाई आधार बनाएर ‘तिजको सौगात’ गीत संग्रह प्रकाशित भएको थियो ।
त्यही कितावको पहिलो गीत २०७७ सालमा ‘साहैं पिर पर्दौ रहेछ माइती टाढा हुँदा’ लाई म्युजिक भिडियो निर्माण गरेर सार्वजनिक गरिएको थियो ।
कोरोना कहरमा आफनो जीवनसाथीलाई गुमाएकी ताराले कोभिड संक्रमित भएर भोग्नु परेको पीडा, त्यसबखत भोगेको समस्या र भोगाईलाई लक्षित गरेर ‘पापी रहेछ कोरोना’ एल्बम निकालेकी थिइन । जसको रचना, शब्द र स्वर ताराको रहेको छ ।
व्यावसायमा जस्तै सांगितिक क्षेत्रमा पनि ताराले एक पछि अर्को सफलता प्राप्त गर्दै गैरहेको बेला तिहारको गीत बजारमा आएको हो । यसले नेपाली संस्कार, संस्कृतिलाई बचाउनु पर्छ भन्ने सन्देश दिन खोजेको बताउँछिन तारा । उनले भनिन,‘उज्यालो आर्टिस्ट टिमको पहिलो प्रयास हो । यसमा सबैले मिहिनेत गर्नु भएको छ । हाम्रो पुरानो संस्कृतीलाई जोगाउनु पर्छ भन्ने भावनाले गीतको निर्माण गरिएको छ ।’