युवा सन्जालद्वारा सुभकामना आदान-प्रदान
Tuesday, November 2nd, 2021, 6:41 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
बाँसगढी, १६ कात्तिक
युवा सञ्जाल बाँसगढीले दिपावली तथा छठ पर्वको उपलक्ष्यमा सुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ । बालविवाह र जर्वजस्ति हुने विवाह रोकथाम परियोजना अन्तर्गत ॅबालविवाह अपराध हो । विरोध गरौँ । बालविवाह न्युनिकरणको लागि हातेमाले गरौँ’ भन्ने विषयमा छलफल सगै शुभकामना आदन प्रदान कार्यक्रम गरिएको हो ।
युवा सञ्जाल बाँसगढीको आयोजना र बाँके युनेस्को कल्व र वास उपशाखाको सह आयोजनामा कार्यक्रम गरिएको हो । सुभकामना आदन प्रदान कार्यक्रममा बाँसगढी नगरपालिका नगर प्रमुख शालिकराम अधिकारीले शुभकामना मन्तव्य राख्दै बाँसगढी नगरपालिकालाई बालमैत्री नगर बनाउनको लागि नगरपालिका लागि रहेको बताए ।
बालमैत्री नगरपालिका बनाउनको लागि बालविवाह न्युनिकरण पनि एउटा सूचकभित्र पर्ने भएकोले त्यसतर्फ नगरपालिका विभिन्न संघ संस्थाको सहकार्यमा लागिरहेको बताए ।
बालविवाह न्युनिकरणको लागि सचेतनाको कार्यक्रम सगै शिक्षामा पनि यस विषयहरु जोडिरहेको बताए । शुभकामना कार्यक्रमा उपस्थिति राजनितिक दलका प्रतिनिधि,नागरिक समाज, उद्योगि व्यापारी एवं युवाहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।