एमाले अब पूर्ण प्रतिपक्षी
Wednesday, November 3rd, 2021, 6:00 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ कात्तिक
नेकपा एमाले अब प्रदेश र संघीय सरकारमा पूणर्रुपमा प्रतिपक्षी दल बनेको छ । संघीय सरकारबाट केपी ओलीको बहिर्गमनपछि निरन्तर प्रदेश सरकारको पनि नेतृत्व गुमाउँदै गएको एमालेले प्रदेश १ को सरकारको नेतृत्व पनि गुमाएको छ ।
प्रदेश १ मा मुख्यमन्त्री रहेका एमालेका नेता भीम आचार्यले राजिनामा दिएसँगै संघीय र प्रदेश गरी दुवै तहका सरकारमा एमाले पूणरुपमा प्रतिपक्षी बनेको छ । राजेन्द्र राईले मुख्यमन्त्रीको सपथ लिएका छन् ।
माओवादी केन्द्रसँग चुनावी तालमेल गरेको एमालेलेसँग नेकपा छँदा एकल बहुमत र अन्य दलको समर्थन गरी दुई तिहाई सांस संख्या थियो । तर, काम गर्ने ढंग नजान्दा केपी वलीको संघ सरकारबाट बहिर्गमन भयो । त्यसपछि प्रदेश सरकारमा पनि एमाले अल्पमतमा पर्दै जाँदा अब उसँग प्रतिपक्षमा बस्नुको विकल्प रहेन ।
अब ७ प्रदेशमध्ये नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीको नेतृत्वमा समान २-२ प्रदेश र जनता समाजवादीको नेतृत्वमा एउटा प्रदेश रहेको छ । अब प्रदेश १ मा एकीकृत समाजवादी, प्रदेश २ मा जनता समाजवादी, वागमति प्रदेशमा एकीकृत समाजवादी, गण्डकी प्रदेशमा नेपाली कांग्रेस, लुम्बिनी प्रदेशमा माओवादी, कणर्ाली प्रदेशमा नेपाली कांग्रेस र सुदुरपश्चिम प्रदेशमा माओवादी केन्द्रको सरकार बनेको छ । यी सबै प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धन छ ।
एमालेको ०७४ को आम चुनावपछि प्रदेश १ को मुख्यमन्त्री बन्न चाहेका भीम आचार्यलाई नेकपा एमालेको संसदीय दलको अंकगणितले साथ दिएन । एमाले सचिव समेत रहेका प्रदेश १ का निवर्तमान मुख्यमन्त्री आचार्यले मुख्यमन्त्री बन्न चाहे, तर संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली पक्षका शेरधन राईले चुनौती दिए । दलको नेता छान्न चुनाव भयो, ५१ मध्ये आचार्यले २४ मत पाउँदा राईले २६ मत पाए । एमाले संसदीय दल नेता राई मुख्यमन्त्री बने ।
२ भदौ २०७८ मा एमाले विभाजित भयो, लामो समय माधवकुमार नेपाल समूहमा रहेका आचार्य उनको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीतिर गएनन् ।
सोमबार प्रदेशसभामा विश्वासको मत लिने आचार्यको प्रस्तावमाथि मतदान गर्ने कार्यसूची थियो । तर बैठकको सुरुमा नै बोलेका आचार्यले विश्वासको मत मागेनन्, बरु विश्वासको मत पाउने अवस्था नभएको भन्दै राजीनामा दिए ।
नेपालतिर नलागेकै कारण एमालेले १० भदौमा शेरधनलाई राजीनामा गरायो र आचार्यलाई मुख्यमन्त्री बनाउन बाटो खोलिदियो । मुख्यमन्त्री बन्दानबन्दै अल्पमतमा परेका आचार्यको अंक गणित फेरि मिलेन । प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्थामा उनले सोमबार मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि नयाँ मुख्यमन्त्रीमा समाजवादीका नेता राजेन्द्र नियुक्त भएका छन् ।
नयाँ मुख्यमन्त्री राईलाई एकीकृत समाजवादीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदको समर्थन रहेको छ । मंगलबार नै ४ मन्त्री र एक राज्यमन्त्रीले पनि शपथ लिएका छन् । नेपाली काङ्ग्रेसबाट केदार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री र हिमाल कार्की भौतिक पूर्वाधार मन्त्री, माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजनामन्त्री र जसपाबाट जयराम यादव सामाजिक विकास मन्त्रीको शपथ लिएका छन् । त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी कृष्णकुमारी तुम्बाहाङ्फे सामाजिक विकास राज्यमन्त्रीको शपथ लिएकी छन् ।