नेपालगन्जमा ‘वेस्टर्न मार्ट’ सञ्चालनमा
Tuesday, November 2nd, 2021, 8:11 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ कात्तिक
नेपालगन्जमा मंगलबारबाट ‘वेस्टर्न मार्ट’ औपचारिक रुपमा सञ्चालनमा आएको छ । मार्टको नेपालगन्ज उप-महानगरपालिकाका प्रमुख डा. धवलसम्शेर राणाले उद्घाटन गरे । डा. राणाले स्थानीय स्तरको मार्टले यहाँका उपभोक्तालाई गुणस्तरीय सामान उपलब्ध गराउने विश्वास व्यक्त गरे । सो क्रममा नगर उपप्रमुख उमा थापामगर, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, वेष्टर्न विजनेश गु्रपका अध्यक्ष सन्जय थापा, विभिन्न उद्योगी, ब्यवसायी लगायतको सहभागिता रहेको थियो ।
‘वेस्टर्न बिजनेश गु्रप’को लगानीमा अत्याधुनिक सुबिधा सम्पन्न वेस्टर्न मार्ट सञ्चालनमा ल्याइएको हो । वेस्टर्न गु्रपले विगत एक दशकदेखी नेपालगन्जका विभिन्न क्षेत्रमा लगानी गर्दै आएको थियो । यो मार्ट लुम्बिनी प्रदेशकै पहिलो अत्याधुनिक भएको दाबी गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ सुर्खेत रोडस्थित वस्टर्न मार्टमा खाद्यान्न, घरायसी सामान, तरकारी, फलफुल, भाडाँकुडा, टेलिभिजन, मोबाईल फोन, बिभिन्न बिद्युतीय सामान लगायत अन्य अत्यावश्यक तथा दैनिक उपभोग्य बस्तु सहितका सामान सुपथ मुल्यमा उपलब्ध गराइने सञ्चालकहरुले बताएका छन् ।
उक्त मार्टमा सुपथ मुल्यमा गुणस्तरिय सामान उपलब्ध हुने र ग्राहकले एकै ठाँउमा सबै समानहरु पाउने छन् । जसले गर्दा दैनिक उपभोग्य बस्तु खरिद गर्न बिभिन्न ठाँउ जाने समय र मोलमोलाई गर्ने झण्झट समेत हट्ने विश्वास गरिएको छ ।
मार्टमा खरिद गर्दा बिभिन्न किसिमका छुट योजनाका साथमा बिभिन्न भाग्यशाली बिजेता चयन गरेर सुपर बम्पर उपहारमा हिरो कम्पनीको स्कुटर लगायत थप ५ लाख रुपैयाँ बराबरको बिभिन्न बिजेतालाई गोलाप्रथाबाट उपहार दिइने ब्यवस्था समेत मिलाइएको छ । उक्त मार्टमा हाल करिब ५० जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराइएको छ ।
मार्टमा खरिद गर्दा विभिन्न किसिमका छुट योजनाका साथमा भाग्यशाली विजेता चयन गरेर सुपर बम्पर उपहारमा हिरो कम्पनीको स्कुटर लगायत विभिन्न विजेतालाई गोलाप्रथाबाट थप पाँच लाख रुपैयाँ बराबरको उपहार दिइने व्यवस्था समेत मिलाइएको वेस्टर्न मार्ट प्रालिका सन्चालक सैलेश लोहन जानकारी दिएका छन् । मार्टलाई सेल्फि प्वान्ईटका रुपमा पनि लिन सकिने र फुर्सदको समय पनि व्यतित गर्नसक्ने लोहनीले बताए । उनका अनुसार उक्त मार्टमा हाल करिब ५० जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराइएको छ ।
विषम परिस्थितिमासमेत स्थानीय स्तरमा निजी क्षेत्रको प्रयासबाट यस प्रकारको ठुलो लगानी गरेर व्यापार व्यवसाय सञ्चालनमा आउनाले यसले समग्र नेपालगन्जको व्यापार, व्यवसायलाई नविनता प्रदान गर्नुका साथै स्थानीय तहमा रोजगारीको सृजना गर्दै आर्थिक गतिविधि थप अभिवृद्धि गर्ने विश्वास लिइएको वेस्टर्न विजनेश ग्रुपका अध्यक्ष सञ्जय थापाले बताए ।
वेस्टर्न बिजनेश ग्रुपमा उद्योगी, व्यवसायी, वकिल, प्राध्यापक, सहकारीकर्मी, इन्जिनियर, डाक्टर, पत्रकार, बैंकर्सलगायत विभिन्न व्यक्ति आबद्ध छन् ।