कांग्रेस बाँकेको अधिवेशन : २९ वडामा शान्तिपूर्ण निर्वाचन
Monday, November 15th, 2021, 12:52 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ कात्तिक
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका ८१ मध्ये २९ वटा वडामा आइतबार मतदान भएको छ । जिल्लामा रहेका ८१ वटा वडामध्ये शनिबार ५२ प्रतिशत वडामा सर्वसम्मत वडा समिति चयन भएको थियो ।
नेपालगन्जका २३ वडा मध्ये १९ वटा वडामा शनिबारै सर्वसम्मतरुपमा वडाको नेतृत्व चयन भएको थियो । आइतबार चुनाव भएकामध्ये यो समाचार तयार पार्दासम्म वडा नम्बर ६ मा जमालुद्धिन बागवान, ९ मा अकबर शेष र १४ मा सन्जय कुमार कुर्मी निर्वाचित भएका छन् । बाँकी वडा नम्बर दुईबाहेक सबैमा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ ।
राप्तीसोनारी गाउँपालिकाका ९ वडा मध्ये ६ वडामा सर्वसम्मत भएको छ । तीन वटा वडामा भने निर्वाचन भएको छ । तर, यो समचार तयार पार्दासम्म नतिजा आइसकेको छैन ।
डुडुवाका सबै वडामा सर्वसम्मत भएको छ । डुडुवाका सबै वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् ।
खजुराका निर्वाचन ३ र ४ मा निर्वाचन भएको छ । अरु वडामा सर्वसम्मत चयन भएको छ । जानकीको निवार्चन भएका वडानम्बर २ मा नक्षत मुराउ, ४ मा श्रीप्रसाद रजत र ६ मा बुढैलाल निर्वाचित भएका छन् । जानकीको वडा नम्बर ३ मा पनि निर्वाचन भएको छ ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत् क्षेत्र नम्बर १ को नरैनापुरमा ६ मध्ये ४ वडामा सर्वसम्मत भएको छ । नरैनापुरमा वडा नम्बर ६ र १ मा निर्वाचन भएको छ । वडा नम्बर ६ मा रामअचल मुराउ निर्वाचित भएका छन् ।
कोहलपुरका २, ३, ५, ६, ८, १०, ११ र १२ गरी ८ वटा वडामा निर्वाचन भएको छ । जसमध्ये वडा नम्बर ३ मा गणेशबहादुर थापा र ६ मा श्रीकृष्ण थारु निर्वाचित भए । बाँकीको मत परीणाम यो समाचार तयार पार्दसम्म प्राप्त भएन ।
जिल्ला निर्वाचन अधिकृत रेवतीरमण भट्टराईले पहिले सदस्यता विवाद देखिएको बाँकेमा ६० प्रतिशत वडामा सर्वसम्मत नेतृत्व चयन हुनु सुखद रहेको बताए । उनले कालपृष्ठसँग भने, ॅशान्तिपूणर्रुमा वडाको निर्वाचन सकिएको छ । अब बाँकी तहको पनि यसैगरी सम्पन्न हुन्छ । यहाँका शिक्षक संगठन, पे्रस युनियन लगायका संस्थाहरुको समन्वय र साथले सबै विवादलाई सहजरुपमा साम्य पार्न सकियो ।’
बाँकेका ८ वटै स्थानीय तहका ८१ वटा वडामा एक जना मतदान अधिकृत र दुई जनासम्म सहायक मतदान अधिकृत परिचालित भएका थिए । बाँकेको वडादेखी जिल्ला तहसम्मको संशोधित निर्वाचन तालिका अनुसार कात्तिक अब मंसिर १ गते गाउँपालिका/नगरपालिका, मंसिर ४ गते प्रदेश सभा, मंसिर ७ गते क्षेत्र र मंसिर ११ गते जिल्लाको निर्वाचन हुनेछ ।
गाउँपालिका उपाध्यक्ष पराजित
राप्तीसोनारी गाउँपालिकाकी उपप्रमुख धनी कुमारी खत्री वडामै पराजित भएकी छिन् । उपप्रमुख खत्रीले वडा नम्बर ८ बाट क्षेत्रीय प्रतिनिधि पदमा उम्मेदवारी दिएकी थिइन् । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ मा संस्थापन इतर समूहले वडा कार्यसमितिसहित क्षेत्रीय प्रतिनिधिमा पुरै प्यानल कब्जा गरेको छ ।
क्षेत्रीय सभापतिका आकांक्षी पराजित
नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का लागि सभापति पदका सशक्त आकांक्षी भनिएका डिल्ली गिरी वडाबाटै पराजित भएका छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ का क्रियाशिल सदस्य रहेका उनी कककक्षेत्रीय प्रतिनिधीमा पराजित भएका हुन् । क्षेत्रीय सभापतिको उम्मेदवार बन्न क्षेत्रीय प्रतिनिधी अनिवार्य हुनुपर्ने व्यवस्था नेपाली कांग्रेसको विधानमा छ ।
उक्त वडाबाट नेपाली कांग्रेसका जिल्ला सचिव तप्त पौडेल, जिल्ला सदस्य पवन शाह, नेपाली कांग्रेस राप्ती सोनारीका सभापति भिम रानासहित १९ जना क्षेत्रीय प्रतिनिधी निर्वाचित हुँदा क्षेत्रीय सचिव गिरी त्यसमा पर्न सकेनन् ।
बाँके कांग्रेसमा कहाँ-कहाँ भयो सर्वसम्मती ? (वडासभापतिको सूचीसहित) | KalpristhaNews.com