प्रचण्डसंग सहकार्य गर्ने कमल थापाको इच्छा
Friday, February 17th, 2017, 9:01 pm
amit
काठमाण्डौ, फागुन ६ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको पहिलो एकता महाधिवेशन काठमाण्डौमा सुरु भएको छ । तात्कालिन राप्रपा नेपाल र राप्रपाबीच गत मंसिर पहिलो साता एकता भएपछि बनेको राप्रपाले त्यसको चार महिनापछि राजधानीमा एकता महाधिवेशन आयोजना गरेको हो ।
राजधानीको भृकुटीमण्डपमा सुरु उद्घाटन सत्रलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष कमल थापाले मधेशको समस्या समाधान गरेर मात्र स्थानीय निकायको निर्वाचनमा जानुपर्ने बताउनु भएको छ । जेठ भित्र निर्वाचन नभए संविधान धरापमा पर्ने भन्दै उल्लेख गर्दै उहााले स्थानीय निर्वाचनको मिति जति सक्दो चााडो घोषणा गर्न सरकारलाई आग्रह समेत गर्नुभयो । महाधिवेशनमा अध्यक्ष थापाले प्रधानमन्त्रीसंग सहकार्य गर्ने इच्छा ब्यक्त गरेका थिए ।
अध्यक्ष थापाले सविधानमा आफ्ना फरक मत भएपनि वैद्धिक सनातन हिन्दु राष्ट्र कायम गर्न बताउनुभएको छ । उद्घाटन सत्र अघि काठमाडौं उपत्यकाका बिभिन्न ५४ स्थानबाट झााकी सहितको जुलुस निकालिएको थियो । राप्रपाको भावी नेतृत्व चयन गर्नेछ । अध्यक्षमा कमल थापा र प्रकाशचन्द्र लोहनीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
राष्ट्रिय अध्यक्ष लोहनीले आज बिहानमात्र उम्मेद्वारी घोषणा गर्नुभएको हो । महाधिवेशनको उद्घाटन लगत्तै सुरु हुने बन्दसत्रमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन, राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनीले आर्थिक प्रतिवेदन र उपाध्यक्ष बुद्धिमान तामाङले पार्टीको बिधान प्रस्तुत गर्ने कार्यक्रम छ । ती प्रतिवेदनमाथि भोलीबाट सामुहिक छलफल सुरु हुनेछ । १ सय ६१ सदस्यी कार्यसमितिमा ६० प्रतिशत सदस्यमा निर्वाचन हुने छ भने ४० प्रतिशत अध्यक्षले मनोनित गर्ने ब्यवस्था छ ।