कोहलपुरमा नेपाली भाषा विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न
Saturday, February 18th, 2017, 3:42 am
amit
राम बहादुर रावत
कोहलपुर- बाँकेको कोहलपुरमा नेपाली भाषा विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बौल्दै मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा.डा. खगेन्द्र प्रसाद लुइटेलले नेपाली भाषालाई समाप्त पर्ने काम भईरहेकोले सबैले मानक नेपाली भाषालाई जीवित बनाउनु पर्ने बताए । उनका अनुसार विगत देखि चल्दै आएको नेपाली भाषालाई विवादमा ल्याउनु राम्रो नभएकाले भाषा सबैको भएकाले भाषालाई बचाउन सबै लाग्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा बौल्दै बाँके जिल्ला प्रमुख अधिकारी रविलाल पन्थले नेपाली भाषामा विवाद उत्पन्न गर्नु राम्रो नभएकाले मानक नेपाली भाषालाई निरन्तरता दिनुपर्ने बताए । नेपाली भाषाको मानक र औपचारिक रुप कुन हो भन्ने विषयमा विगत केही समयदेखि चल्दै आएको विवाद र समस्याबारे चर्चा भएको थियो ।
तक्षशिला एकेडेमी कोहलपुरको आयोजना तथा एन प्याब्सन बाँके, प्याब्सन बाँके, बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसको सह आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो । हाल विवादको निकास दिंदै नेपाली भाषाको स्तरीयता कायम रहने गरी त्रिभुवन विश्वविद्यालय, पाठ्यक्रम विकासकेन्द्र तथा नेपाल प्रज्ञा प्रतिष्ठानबाट संस्थागत रुपमा केही महत्वपुर्ण निर्णयहरु भएका छन् ।
यस विषयमा रहेका अन्यौलहरु हटाउने उद्देश्यले मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल गठन गरी देशैभर अभिमुखीकरण कार्यक्रम सञ्चालन भईरहेका छन्् ।
तक्षशिला एकेडेमीका अध्यक्ष पुष्करनाथ रिजालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बाँके जिल्लाका सम्पुर्ण शैक्षिक संस्था, विद्यालयहरु, क्याम्पसहरु, साहित्यिक संस्थाहरु प्रकाशन संस्था, सञ्चारकर्मी तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।