कांग्रेस लुम्बिनीमा बाँकेबाट को-को भए निर्वाचित ?
Monday, December 6th, 2021, 6:15 pm
Kalpristha
नेपाली कांग्रेस लुम्बिनी प्रदेश कमिटी पदाधिकारीमा बाँके जिल्लाको प्रतिनिधित्व भएन । तर प्रदेश सदस्यमा बाँकेका ७ नेताहरु चुनिएका छन् । पदाधिकारी सभापति पुनको प्यानलबाट एक्जनाको पनि उम्मेदवारी थिएन भने संस्थापन पक्षका शाहका तर्फबाट बाँकेका दुईजनाले उम्मेवारी दिएका थिए । संस्थापनबाट सहमहामन्त्रीमा उम्मेदवारी दिएका लक्ष्मीनारायण शाह र माया पुन पराजित भए । सहमहामन्त्री निर्वाचित विष्णु खनालले आठ सय ५९ र खगराज पाण्डेयले सात सय ७६ मत प्राप्त गर्दा पुनले सात सय ५२ र शाहले ६ सय ७६ मत प्राप्त गरे ।
प्रदेश कमिटी सदस्यमा टेकनरायण भुषाल, प्रेम केसी, अन्जना पाण्डे, इसाक जोलाह, दिक्षा कोइराला, परमेश्वरी पाठक र कृष्णकुमारी चौधरी निर्वाचित भए । पाठकले आठ सय १९ मत पाइन् भने, भुषालले आठ सय तीन, जोलाहाले सात सय ९८, पाण्डेले सात सय ९७, कोइरालाले सात सय ७८, चौधरीले सात सय ७६ र केसीले सात सय ६३ मत प्राप्त गरे । निर्वाचित सबै सभापति पुन पक्षका हुन् ।
भुषाल जिल्लागत खुला सदस्यमा, केसी खुला सदस्यमा, पाण्डे खुला महिला सदस्यमा, जोलाह मुस्लिम सदस्यमा, कोइराला जिल्लागत खुला महिलामा, पाठक मधेशी महिलामा र चौधरी थारु महिलातर्फ निर्वाचित भएका हुन् ।