अष्टिनमा कानुनी परामर्स कार्यक्रम- एसाइलम पेन्डिङ भएकाहरु टिपिएसबाट नेपाल नजान कानुनविद खगेन्द्र जिसीको सुझाव(फोटो/भिडियो सहित )
Tuesday, February 21st, 2017, 6:34 am
amit
टेक्सास(अष्टिन)– कानुनविद खगेन्द्र जिसीले अमेरीकामा बसोबास गर्ने नेपालीहरुमध्ये एसाइलम पेन्डिङ भएकाहरु टिपिएस सुबिधा लिएर नेपाल नजान सुझाव दिएका छन ।
राजनितीक समस्या देखाएर अमेरीकामा एसाइलम गरेकाहरु टिपिएसको सुबिधा लिएर नेपालको यात्रा गरे एसाइलम डिनाइड हुने सम्भावना प्रवल रहेकोले एसाइलमको प्रक्रियामा रहेकाहरुलाई टिपिएसको सुबिधाबाट नेपाल नजान कानुनबिद जिसीले सुझाव दिएका हुन् । ट्रम्प राष्ट्रपति भइसकेपछि अमेरीकामा रहेका नेपालीहरुमा समेत त्रासको वातावरण सृजना भइरहेका बेला आइतवार ग्रेटर अष्टिन नेपाली सोसाइटीले टेक्सासको अष्टिनमा सम्पन्न गरेको कानुनी परामर्स तथा छलफल कार्यक्रममा सहभागीहरुको जिज्ञासाको जवाफ दिंदै कानुनविद जिसीले नेपालीहरु डराउनुपर्ने कारण नभएपनि सतर्क हुन आग्रह गरे ।
अष्टिन लगायत अमेरीकाका बिभिन्न शहरहरुमा इमिगे्रसन प्रहरीले छापा मारिरहेको तर्फ सचेत गराउंदै जिसीले छापा मारेर प्रक्राउ गरेपनि आफु स्पष्ट नभएसम्म कुनै पनि कागजमा हस्ताक्षर नगर्न सुझाव दिए सो अवसरमा जिसीले नेपाली समुदायहरु एकजुट भएमा यस्ता समस्याहरुबाट नेपालीहरुलाई मानसिक तनाव नहुनेमा जोड दिए।
अस्टिनमा कानुनी परामर्स कार्यक्रम
Posted by Kc Sher on Sunday, February 19, 2017
कार्यक्रममा बोल्दै सिटि अफ अष्टिनका न्यायधिस GEORGE c. THOMAS ले कुनै गल्ति गरेर पक्राउ परेमा जेलवाट सम्पर्क गर्न अफ्टेरो अवस्था आउन सक्ने भएकोले कम्तीमा एक जना आफन्त तथा साथी भाइको सम्पर्क नम्बर कण्ठ पारेमा सजिलो हुने बताए । न्याधिस थोमसले पक्राउ गर्ने प्रहरीले भनेका सबै ठाउंमा हस्ताक्षर नगर्न सुझाव दिंदै आफु वकिल संग सम्पर्क गरेर अदालती प्रक्रियामा जाने बताएमा प्रहरीलेपनि सो प्रक्रिया अगाडी बढाउने बताए ।
कार्यक्रममा एनआरएन अमेरीकाका अध्यक्ष डा. केशव पौडेलले एनआरएन अमेरीका संधै नेपालीहरुको हक अधिकारका लागी लड्न तयार रहेको बताए ।
ग्रेटर अष्टिन नेपाली सोसाइटीका अध्यक्ष देवराज न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनआरएन अमेरीकाका उपाध्यक्ष राम सिं पोखरेल, सल्लाहकार स ुनिल शाह जन सम्पर्क समिती अमेरीकाका उपसभापती सिपी पौडेल, ग्रेटर अष्टिन नेपाली सोसाइटीका निवर्तमान अध्यक्ष गेहेन्द्र के सी लगायतको सहभागीता रहेको थियो ।