संयूक्त प्रगतिशिल पत्रकारको भेला कोहलपुरमा सम्पन्न
Tuesday, February 21st, 2017, 7:08 am
amit
प्रमोद रिजाल
कोहलपुर- नेपाल पत्रकार महासंघ बांकेको आसन्न चुनाबि मत आफनो पोल्टामा पार्न मुख्य रननैतिक योजना तर्जुमाका लागी भन्दै संयूक्त प्रगतिशिल पत्रकारहरुको भेला सोमबार कोहलपुरमा सम्पन्न भएको छ ।
श्रमजिबि तथा लेखेरै जिबन निर्बाह गर्ने आम ब्यबसायीक पत्रकारहरुको सम्पुर्ण हक हित र न्युनतम पारीश्रमिक अधिकार सुनिश्चित गर्न आफनो उम्मेदारी कायम रहेको प्यानलबाट चुनाबि मैदानमा उत्रेका नेताहरुले बताएका छन ।
श्रमिक पत्रकार सदैब आवाज बिहिन जनताको आवाज बनिरहेको चर्चा गर्दै अध्यक्षका दाबेदार ठाकुर सिंह थारुले कुनै पनि तिक्डम र हर्कतले संयुक्त प्यानल लहल्लिने बरु शतिशाल जस्तै डिङ्ग उभिइ जित घोषणाको ब्यग्र प्रतिक्षामा रहेको बताए । पत्रकारहरुको जात, धर्म र भुगोल एउटै नहुने जिकिर गर्दै थारुले भेगिय, क्षेत्रिय जस्ता क्षनिक नाराले समग्र पत्रकारीता जगतको बदनामी भैरहेको औंल्याउदै इमान्दार पत्रकारहरुले पत्रकारीता जगतको इज्जत बचाउनै भएपनि संयूक्त प्रगतिशिल पत्रकारको प्यानललाइ आफनो अमुल्य मतदान गर्न समेत आब्हान गरे।
त्यस्तै उपाध्यक्ष पदका उमेदबार प्रदिप वाग्लेले संगठनको निष्ठा, बैचारीक एकता र बर्गिय मित्रतालाइ कसैले चुनौती दिन नसक्ने भन्दै चोर बाटो समाएर महासंघको चुनाब जित्छु भन्ने उनीहरुको दिबा सपना मात्र भएको बताए ।
झुटा प्रचारका साथ बजार हल्ला गर्दै कांपेका स्वरहरुमा भोट माग्दै आउने प्रती लक्ष्ति गर्दै वाग्लेले आफनो ब्यक्तिगत अस्तित्व बचाउने भए उमेदबारी त्याग्न चेतवानि समेत दिएका छन । उन्ले अन्यथा संयुक्त प्यानलका सदस्यहरुसंग भोट माग्नुको कुनै औचित्य र तुक नभएको जिकिर समेत गरे ।
सचिब पदका उमेदबार तिलक गाउलेले आफुले आफनो तीन बर्षे कार्यकालमा गरेको पत्रकार हकहित तथा सदस्यता लडाइमा ठुलो उपलब्धि हासिल गरेको अनुभब सुनाउदै अब त्यस्ता कार्यहरुलाइ संस्थागत गरी निति र थितीको जग बसाल्न लागि पर्ने बताए । उन्ले अबका दिनमा पत्रकार महासंघ लाइ निश्चित स्थानमा पुरयाइ समग्र पत्रकारहरुको प्यारो छाता संगठन भएको प्रत्यभुति दिलाउन लागिपर्ने समेत बताए ,
ने.क.पा. एमाले केन्द्रिय प्रचार बिभाग सदस्य डिल्लि बि.सि.को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रेस चौतारी बांकेका हेमन्त बि.क., ने.क.पा. एमाले पुर्ब भेरी अञ्चल कमिटि सदस्य पुजन बिश्वकर्मा, प्रदेश नं. ५ का सदस्य बिष्णु प्रसाद बेल्बासे, पत्रकार महासंघ निर्बाचन परीचालन समिति संयोजक शिब डोटेल, सदस्य मो. हारुन लगाएतका बक्ताहरुले आ आफनो राय तथा धारणा ब्यक्त गरेका थिए ।
कार्यक्रममा बरिष्ठ पत्रकार तथा पत्रकार महासंघ मध्यपच्मि इन्चार्ज झलक गैरै, माओबमदि केन्द्रका प्रचार सचिब चिचिञ्वीबी वाग्ले, चौतारीका केन्द्रिय सदस्य भेषराज बस्नेत , रुपा गहतराज, प्रेस सेन्टरका केन्द्रिय सदस्य शुशिल शर्मा , प्रेस सेन्टर प्रदेश उपाध्यक्ष शिब सुनार, प्रगतिशिल पत्रकार संघका प्रबक्ता पबन थापा लगाएत ६ दर्जन पत्रकारहरुको उपस्थिती रहेको थियो ।