अवधि कार्यक्रम दुवारेक जमघट १८औं वर्षमा प्रवेश
Saturday, December 18th, 2021, 7:53 pm
Kalpristha
रेडियो बागेश्वरी एफएमद्वारा प्रशारण हुँदै आएको अवधि कार्यक्रम दुवारेक जमघट १७ वर्ष पूरा गरी १८औं वर्षमा प्रवेश गरेको छ । २०६१ साल पुष ३ गते शनिबारदेखि सन्चालित अवधि भाषा, कला, साहित्य एव संस्कृति केन्द्रित कार्यक्रम दुवारेक जमघट शनिबार १८औं वर्षमा प्रवेश गरेको हो । सो अवसरमा शनिबार रेडियोमा आयोजित कार्यक्रममा दुवारेक जमघट कार्यक्रमका विशिष्ट स्रोता, शुभेच्छुक र सहयोगी सहकर्मी गरि १६ जनालाई दुवारेक जमघट श्रोता श्री सम्मान गरिएको छ ।
बागेश्वरी एफएम सञ्चालक समितिका अध्यक्ष राजविक्रम शाहले अवधिभाषी कार्यक्रमले भाषा लगायत कला, संस्कृतिको उत्थानमा मद्दत पुर्यायको बताउँदै सफलताको शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा रेडियो संचालक समिति सदस्य, समाजसेवी पशुपति दयाल मिश्र, स्टेशन म्यानेजर शुक्रऋषि चौलागाई, स्रोता मिथिलेश कुमार जयसवाल, पत्रकारद्वय अजय कुमार गुप्ता, चन्द्रेश्वर त्रिपाठीलगायत श्रोता तथा शुभेच्छुकले शुभकामना दिएका थिए ।
सो अवसरमा दुवारेक जमघट कार्यक्रमका विशिष्ट श्रोता लक्ष्मण प्रेमीलाई रेडियो सञ्चालक समितिका सदस्य मिश्रले १ हजार नगदसहित पुरस्कृत गरे । कार्यक्रममा प्रमोद साधक, जिनु हक, काजल शर्मा, अल्पना कुमारी वैश्य, राकेश कुमार शर्मा, यदुराज मिश्रा, संतोष शुक्ला, प्रदिप शर्मा, पवन शर्मा लगायत १६ जनालाई प्रमाणपत्रसहित सम्मान गरिएको कार्यक्रम संचालक बिष्णु कुमालले जानकारी दिएका छन् ।