खुला सदस्यको दौडमा शशांक शिर्ष स्थानमा, एनपी साउद दोस्रो र बालकृष्ण तेस्रो स्थानमा
Sunday, December 19th, 2021, 8:14 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, पुष ४
जारी नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जारी खुला केन्द्रीय सदस्यको मतगणनामा डा.शशांक कोइराला अगाडी देखिएका छन । २ हजार ३ सय ९३ मतगणना गरिदा सर्वाधिक मत ल्याएर शशांक शिर्ष स्थानमा रहँदा दोस्रो स्थानमा एनपी साउद, तेस्रोमा बालकृष्ण खाँड, चौथोमा रमेश लेखक र पाँचौमा उदय शमशेर राणा छन ।
यसैगरी छैठौं स्थानमा शंकर भण्डारी, सातौंमा ज्ञानेन्द्र बहादुर कार्की, आठौमा रामहरि खतिवडा, नवौंमा अर्जुननरसिंह केसी र १०औं स्थानमा गोपालमान श्रेष्ठ रहेका छन । अहिले सानेपा स्थित कांग्रेस पार्टी कार्यालयमा मतगणना भैरहेको छ । अधिवेशनमा खुला तर्फको ३५ जनाका लागि ९९ जनाले उम्मेदवारी दिएका छन । २३९३ मत गनेर स्थगित भएको मतगणना अहिले बिहान ९ बजेबाट पुनः सुरू हुने निर्वाचन समितिले जनाएको छ ।
को–को परे शीर्ष ३५ को सूची
१) डा.शशांक कोइराला-१९७१
२) एनपी साउद-१५३८
३) बालकृष्ण खाँण-१५०७
४) रमेश लेखक-१४५१
५) उदय शमशेर राणा -१४४५
६) शंकर भण्डारी-१४३७
७) ज्ञानेन्द्रबहादुर कार्की-१४२३
८) रामहरि खतिवडा-१३९५
९) अर्जुननरसिंह केसी- १३८३
१०) गोपालमान श्रेष्ठ -१३२३
११) जिप छिरिङ्ग लामा-१३१२
१२) जीतजङ्ग बस्नेत-१२८३
१३) नैनसिंह महर-१२८३
१४) डा.रामशरण महत-१२८१
१५) गोविन्द भट्टराई-१२७७
१६)सुनिलबहादुर थापा-१२४६
१७) बल बहादुर केसी-१२३३
१८) दिलेन्द्र प्रसाद बडू-१२३१
१९) मोहनबहादुर बस्नेत-१२०२
२०) दीपक गिरी-११७४
२१) सुरेन्द्रराज पाण्डे-११५१
२२) कुन्दनराज काफ्ले-११४३
२३) पद्मनारायण चौधरी-११३७
२४) गुरु बराल-१०३६
२५) सञ्जयकुमार गौतम-१००१
२६) गोविन्द राज पोखरेल-९६२
२७) गोपाल दहित-९३१
२८) राजीव ढुंगाना-९३५
२९) कृष्णकिशोर घिमिरे ९२९
३०) दिनेश कोइराला -९२५
३१) वीरेन्द्रकुमार कनौडिया-९१९
३२) ई. मोहन आचार्य-९१३
३३) अजयबाबु शिवाकोटी- ९०९
३४) मदनबहादुर अमात्य- ९०८
३५) उमेशजंग रायमाझी-८९१
३६) गणेश लामा-८८८
३७) मंगलप्रसाद थारु- ८७१
३८) मनोजमणि आचार्य-८५४
३९) केदार कार्की-८१९
४०) यज्ञबहादुर थापा-८००
४१) शम्भुलाल श्रेष्ठ-७९१
४२ हरिप्रसाद नेपाल-७८७
४३) तीर्थराज खनियाँ-७८०
४४) जनकराज गिरी-७४४
४५) गंगाधर तिवारी-७६२