बरघर ऐनबारे छलफलमा बढैयाताल
Sunday, December 19th, 2021, 7:22 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
बर्दिया, ४ पुस
बढैयाताल गाउँपालिकाकाले स्थानीय समावेशी विकासको लागि बरघर परिचालन ऐन बनाउने तयारी गरेको छ । बरघर प्रणालीको संरक्षण, प्रवद्र्धन र स्थानीय समावेशी विकासका लागि बरघर परिचालन ऐन २०७८ को प्रस्तावना तयार पारेको जनाइएको छ ।
ऐनबारे छलफलका लागि आयोजित कार्यक्रममा बढैयाताल बरघर संजालका संयोजक परशुराम थारुले बरघहरुलाई विकास निर्माणको लागि, सामाजिक न्याय र राजनैतिक एकताका लागि अधिकार बरघर परिचालन ऐन प्रस्तावना पेश गरेको जानकारी दिए । कार्यक्रममा बढैयाताल गाउँपालिकाका उपाध्यक्ष दिपा कुमारी गौतमले बरघर प्रणालीको अभ्यास प्रचलनमा रहेको गाउँको विकास निर्माणको कार्य, गाउँमा शान्ति सुव्यवस्थामा समेत महत्वपुणर् भूमिका खेलेको बताइन् ।
बढैयाताल बरघर संजालका आयोजना र मैगर सामुदायिक संस्थाको आर्थिक सहयोग तथा समन्वयमा भएको कार्यक्रममा बढै्याताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले थारु समुदायको पहिचान र अस्तित्व जगेर्ना गर्नु पर्ने, थारुहरुको एकता आवश्यक रहेको र पहिचानको संरक्षण, विकास र समृद्धिको लागि एकजुट हुनुपर्ने बताए । त्यसका लागि ऐनको प्रसताव आउनु सुखद भएको उनको धारणा छ । प्रस्तावनाबारे छलफल अघि बढाइने उनले आश्वासन दिए ।