पोखरामा प्रशिक्षण लिँदै खजुराका जुडो खेलाडी
Monday, December 20th, 2021, 5:51 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ पुस
बाँकेको खजुरामा रहेको मंगोलियन जुडो क्लबका खेलाडीहरु यतिबेला पोखरा संचालन भई रहेको प्रशिक्षण व्यस्त छन् । नवौं राष्ट्रिय प्रतियोगिताको तयारीसँगै खेलाडीहरुलाई बाह्य वातावरणको अनुभव गराउन क्लबका प्रशिक्षक विजय गुरुङले उनीहरुलाई पोखरा प्रशिक्षणमा सहभागी गराएको बताए ।
प्रशिक्षणमा क्लबका २१ जना खेलाडीले सहभागिता जनाएका छन् । दुई शाता संचालन हुने उक्त प्रशिक्षणमा विभिन्न स्थानका दुई सय बढी खेलाडीको सहमागिता रहेको छ । जसमा खजुरासहित पोखरा र बागलुङका जुडो खेलाडीहरु रहेका छन् ।
भोलियन्टर प्रशिक्षकहरुले संचालन गरको उक्त प्रशिक्षणबाट खेलाडीहरुमा थप आत्मबल थपिने प्रशिक्षक गुरुङले बताए । उनले भने, ‘यो प्रशिक्षणबाट हाम्रा खेलाडीले बाहिरी वातावरणपनि बुझ्न पाउँछन् र अर्को उनीहरुले अरु खेलाडीसँग आफ्नो क्षमतापनि दाज्न पाउँछन् ।’
पोखरा प्रशिक्षणका लागि विभिन्न संघ–संस्था तथा स्थानीय निकायले क्लबलाई सहयोग गरेको थियो । गुङरुका अनुसार खजुरा गाउँपालिकाले ५५ हजार रुपैयाँ सहयोग गरको थियो । त्यस्तै खजुरा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कान्तुराम गौतमले व्यक्तिगत २० हजार रुपैयाँ, ज्ञानोदय माविले नौ हजार रुपैयाँ सहयोग गरकोे थियो । साथै अम्बे रियलस्टेटट प्रा.लिका संचालक विमल कान्त गुप्ताले खेलाडीहरुका लागि २२ था ट्रयाक सुट र दीपक ईङ्लिस बोडिङ स्कुलले दुई हजार पाँच सय सहयोग गरको थियो ।
प्रशिक्षण गत विहीबारदेखि संचालन भएको थियो ।