बर्दिया अस्पतालले पायो ८६ अंक
Monday, December 20th, 2021, 7:44 pm
Kalpristha
बर्दिया अस्पतालले न्यूनतम स्वास्थ्य सेवा मापदण्डमा अघिल्लो आर्थिक वर्ष २०७७-७८ मा ८६ अंक प्राप्त गरेको छ । अघिल्लो वर्ष ७३ प्रतिश नम्वर ल्याएर उत्कृष्ट भएको अस्पताल यस वर्ष आफ्नो अवस्था सुधार गर्दै ८६ अंकमा नम्बर ल्याएर पुनः उत्कृष्टि अस्पताल बनेको हो ।
बर्दिया अस्पताल र लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा सोमबार गुलरियामा आयोजित एक कार्यक्रममा स्वास्थ्य सेवा विभागका डाक्टर निरञ्जन पन्तले स्वास्थ्य सेवा सुशासन र व्यवस्थापन पक्षका विभिन्न सुचकहरु तयार गरी मुल्यांकन गर्ने गरिएको बताउँदै बर्दिया अस्पतालको अवस्था राम्रो रहेको जनकारी गराए ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक रेशम लाल चौधरीले बर्दिया अस्पतालको प्रशंसा गर्दै अस्पताल व्यास्थापनको लागि निर्देशनालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।
कार्यक्रममा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकर प्रसाद थारुले बर्दिया अस्पताल सबैको साझा अस्पताल भएकोले सेवामा प्रभावकारिता ल्याउन र अस्पतालको विकासको लागि सबैले सहयोग गर्नु पर्ने कुरामा जोड दिए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अंगत श्रेष्ठको सभापत्तित्वमा भएको अन्तरक्रिया कार्यक्रममा बर्दिया अस्पतालका मेडिकल सुपरिटेण्ड डा. सुभाष पाण्डेले अस्पतालबाट दिने सेवको विषयमा र सुचना अधिकारी सान्त प्रसाद जोशीले अस्पतालबाट गत वर्ष र यस वर्षको प्रथम चौमासिकको तुलनात्मक अवस्था प्रस्तु गरेका थिए ।