अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस कमिटी गठन, अध्यक्षमा खत्री र सचिवमा विक
Tuesday, December 21st, 2021, 5:09 pm
Kalpristha
अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको क्याम्पस सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट अध्यक्षमा माधव खत्री, उपाध्यक्षमा कल्पना थापा, सचिवमा डम्बर विक, सह-सचिवमा चिरन्जिवी बुढा, चन्द्रमनी पोखरेल, वर्षा मल्ल तथा कोषाध्यक्षमा समीर सुनारलाई चयन गरेको छ । क्याम्पस कमिटीमा पदाधिकारीसहित ३९ जना सदस्य रहेका छन् ।
अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला ईन्चार्ज मोहित शाहको प्रमुख आतिथ्यतामा भएको उक्त सम्मेलनमा नेकपा एमाले बाँकेका पार्टी सचिव रत्न खत्री, नेपालगन्ज उप-महानगरपालिका अध्यक्ष दत्त आचार्य, अनेरास्ववियु केन्द्रिय सदस्य सुमन घिमेर, अनेरास्ववियु बाँके जिल्ला सचिव प्रकाश विस्वकर्मा लगायतको सहभागिता रहेको थियो ।
अनेरास्ववियु सधै विद्यार्थीको हकहितमा रही रचनात्मक काम गर्न सधै अग्रसर रहदै आएको कार्यक्रमका प्रमुख अतिथी मोहित शाहले बताए । सम्मेलनबाट सबैलाई समेट्ने गरी कुशल नेतृत्व चयन गरिएको जिल्ला सचिव प्रकाश विश्वकर्माले बताए । अनेरास्ववियु केन्द्रीय सर्कुलर बमोजिम सम्मेलन सम्पन्न भएको नवचयनित सचिव डम्बर विकले जानकारी दिए ।