मोर्चा आन्दोलनमा, अरु दल निर्वाचनमा
Tuesday, February 21st, 2017, 7:33 pm
amit
काठमाण्डौ, फागुन १० ।
मधेसी मोर्चा बाहेकका दल निर्वाचनमा जान सहमत भएका छन । प्रधानमन्त्री पुष्पकमल दाहालको आव्हानमा भएको सर्वदलिय बैठकमा नेताहरुले स्थानिय तहको निर्वाचनमा जान सहमती जनाएका हुन । बैठक मधेसी मोर्चामा आवद्ध दलले भने वहिष्कार गरेका थिए ।
बैठकमा संबिधान संशोधनका बिषयमा भने दलहरुले फरक फरक धारणा राखेका छन । बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनमा जानुको विकल्प नभएको भन्दै संबिधान संशोधनबारे थप छलफल गर्ने बताउनुभयो । कंग्रेस सभापति शेरवहादुर देउवाले मधेसी मोर्चापनि निर्वाचनमा जान सहमत हुने दावी गर्नुभयो । स्थानीय निर्वाचनको मिति घोषणा गरेको अर्को्दिन प्रधानमन्त्री दाहालले आज सर्वदलिय बैठक बोलाउनुभएको हो ।
बानेश्वरस्थित संसद भवनमा भएको बैठकमा प्रमुख प्रतिपक्षी एमालेले संबिधान संशोधन आवस्यक नभएको अडान राखेको थियो । निर्वाचन गर्न भने सरकारलाइ साथ दिने बताएको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले बताउनुभयो । त्यसअघी मधेसी मोर्चाको आज बसेको बैठकले प्रधानमन्त्रीले बोलाएको सर्वदलिय बैठकमा सहभागी नहुने निर्णय गरेका थियो ।
आफ्नो बिरोधका वावजुद निर्वाचन मिति घोषणा गरिएको भन्दै मोर्चा प्रधानमन्त्रीसंग रुष्ठ बनेको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने अन्य दलका प्रतिनिधि सहभागी भएका छन । संविधान संशोधन प्रस्तावलाई टुङ्गोमा पुर्याउादै निर्वाचनलाई सफल बनाउने बिषयमा बैठकमा छलफल भइरहेको सहभागीले बताएका छन ।
जततउस्ररदष्त.थिरद्दmठ:भाद