धुर्मुस र सुन्तली प्राधिकारणका सद्भावना दुत
Tuesday, February 21st, 2017, 7:35 pm
amit
काठमाण्डौ, फागुृन १० ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)लाई एकीकृत बस्ती विकासको काममा जागरणरप्रोत्साहित गर्न भन्दै सद्भावना दूत बनाउने निर्णय गरेको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द पोखरेलको अध्यक्षतामा सोमबार बसेको कार्यकारी समितिको बैठकले एकीकृत बस्ती निर्माण विकाससम्बन्धी सद्भावना दूत बनाउने निर्णय गरेको हो । ‘भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनासम्बन्धी काममा व्यक्तिगत तवरबाट उल्लेखनीय योगदान पुर्याएको भन्दै हास्य कलाकारद्वय कट्टेल र घिमिरेलाई सद्भावना दूत बनाउने निर्णय गरेको हो,’ प्राधिकरणको विज्ञप्तीमा भनिएको छ ।
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–८ गिरानचौरमा कलाकारद्वयले भूकम्पपछिको पुनर्निर्माणका क्रममा एकीकृत बस्ती निर्माण गरेका छन् । ६५ भवन, पााच बाल उद्यान र एउटा सामुदायिक भवनसहितको एकीकृत नमुना बस्ती बनाइएका हुन् । स्वदेश तथा विदेशबाट रकम संकलन गरी एकीकृत बस्तीको अवधारणा अघि बढाएको योगदानका आधारमा उनीहरुलाई प्राधिकरण सद्भावना दूत नियुक्त गरेको हो ।
बैठकले निजी आवास अनुदानको हकमा २०७३ पुस मसान्तसम्म पहिलो किस्ता लिएका लाभग्राहीहरुले २०७३ साल चैत्र १५ सम्म दोस्रो किस्ताको लागि तोकिएको मापदण्डअनुसार रितपूर्वक आवेदन दिइसक्न सूचना जारी गर्ने निर्णय गरेको छ । भूकम्पले क्षतिग्रस्त सिंहदरबारको पश्चिमतर्फको भागलाई संरक्षणरप्रवलीकरणबारे जिम्मेवारी तोकिदिएको छ । ‘कार्यकारी समिति सदस्य हरिराम पराजुलीको संयोजकत्वमा गठित कार्यान्वयन उपसमितिलाई सोही मोडालिटीमा सिंहदरबार परिसरमा रहेको ग्यालरी बैठकको पुनर्निर्माणको कार्य गर्ने जिम्मेवारी दिने निर्णय गरेको छ,’ विज्ञप्तिमा जनाइएको छ ।