नेपालगन्जमा ‘स्लो बाइक’ प्रतियोगिता हुुने
Monday, December 27th, 2021, 8:05 pm
Kalpristha
तीव्र गतिमा मोटरसाईकल चलाउने प्रवृत्तिलाई निरुत्साहित गर्ने जनचेतना फैलाउन ‘स्लो बाइक’ प्रतियोगिता नेपालगन्जमा हुने भएको छ । बास नेपाल नेपालगन्ज, रोटरी क्लब अफ सेन्ट्रल नेपालगन्ज र सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेको संयुक्त आयोजनामा पौष १२ गते सो प्रतियोगिता हुने भएको हो ।
तीव्र गतिमा मोटरसाइकल चलाउनलाई निरुत्साहित गर्ने, ट्राफिक नियम को पालना गरी सिमित गतिमा मोटरसाईकल चलाउन प्रोत्साहित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । आवश्यक चेतनाको अभावमा युवाहरुले तीव्र गतिमा मोटरसाईकल चलाई दिनहुँ जसो दूर्घटनाका घटना घटिरहेको अवस्थामा जोखिम न्यूनिकरण गर्दै जनचेतना जगाउन प्रतियोगिता उपलब्धीपूणर् विश्वास लिइएको बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी दिए ।
नेपालगन्जमा हुने प्रतियोगितामा सहभागिताका लागि प्रतियोगि नाम दर्ता आवेदन खुला गरेको छ । प्रतियोगितामा भाग लिन चाहनेले अनलाईनबाट समेत फर्म भर्न सक्ने व्यवस्था गरिएको छ भने बास केन्द्रीय कार्यालय नेपालगन्ज-१० भृकुटीनगरमा समेत नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना एक जनालाई क्रमशः नगद १० हजार, ७ हजार, ४ हजार र २ हजार तथा प्रमाण पत्र प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा मोटरर्साकल र स्कुटर जुनसुकै साधनको पनि प्रयोग गर्न सकिने छ भने प्रतियोगीसँग लाईसेन्स र प्रयोग गर्ने मोटरसाईकल कण्डीसनमा रहेको हुनुपर्नेछ ।