शिव भुर्तेलको उपचारका लागी संकलित सहयोग रकम हस्तानतरण
Thursday, February 23rd, 2017, 9:23 am
amit
टेक्सास (अष्टिन)- नेपाली जनसम्पर्क समिति अमेरिकाको पहलमा समितिका केन्द्रीय सल्लाहकार शिव उपाध्याय (भुर्तेल)को उपचारका लागि झण्डै ६ हजार अमेरिकी डलर सहयोग जुटेको छ ।
कलेजो क्यान्सरबाट पीडित भै हाल कोलोरोमै उपचाररत भुर्तेलका लागि ५ हजार ९ सय ५४ अमेरिकी डलर संकलन भएको नेपाली जनसम्पर्क समिति अमेरिकाले जनाएको छ । नेविसंघका पूर्व महामन्त्री समेत रहनुभएका भुर्तेलको उपचारका लागि नेजस अमेरिकाका सभापति आनन्द विष्ट र सिँगो कार्यसमितिको पहल र नेपाली जनसम्पर्क समिति अमेरिकाले कोलोराडो च्याप्टरका अध्यक्ष गणेश भण्डारीको संयोजकत्वमा उपचार खर्च जुटाइएको हो ।
हाल ग्रिली कोलोराडोमा उपचाररत भुर्तेलका लागि नेजस अमेरिका कोलोराडो च्याप्टर सभापति गणेश भण्डारी उहाँ भएकै ठाउँमा पुगेर रकम हस्तान्तरण गर्नुभएको हो । त्यस क्रममा कोलोराडोका स्थानीय जनसम्पर्क समितिको अग्रज केंद्रीय समिति सल्लाहाकार बुद्धि प्रसाद लामिछाने, केन्द्रीय सदस्य गोविन्द लमसाल, पूर्व केंद्रीय सदस्य जगन्नाथ गौतम एनआरएन कोलोराडोका सभापति बासु खनाल, महासचिव ज्ञानेन्द्र पौडेल, उपाध्यक्ष प्रेम रेग्मी लगायत भुर्तेलेको निवासमा पुग्नुभएको थियो ।
भुर्तेललाई हालसम्म पाँच वटा केमो थेरापि दिइसकिएको बताइएको छ । केमो थेरापीपछि उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको छ । त्यस अवसरमा भुर्तेलले आफ्नो उपचारका लागि सहयोग गर्ने सबैप्रति हार्दिक नमन समेत व्यक्त गर्नुभएको छ । यसरी उपचारका लागि आर्थिक सहयोग प्रदान गरेर मानवीय धर्म पुरा गर्ने सबैप्रति नेजस अमेरिकाका केन्द्रीय सभापति आनन्द विष्टले विशेष आभार व्यक्त गर्नुभएको छ ।