स्थानीय निर्वाचन सम्बन्धि धारणा बनाउदै राप्रपा
Thursday, February 23rd, 2017, 9:23 am
amit
काठमाण्डौ, फागुन १२ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय कार्यसमितिको पहिलो बैठक आज बस्दैछ । गत फागुन ६ गतेबाट सुरु पहिलो महाधिवेशन सकिएको एक दिनपछि नै नवनिर्वा्चित कार्यसमितिको बैठक बस्न लागेको हो । महाधिवेशनले अध्यक्ष सहित ९८ सदस्यीय केन्द्रिय समिति बैठक निर्वा्चित गरेको थियो ।
यस्तै अध्यक्ष कमल थापाले हिजै १५ जनालाई केन्द्रिय सदस्यमा मनोनयन गरेपछि १ सय १३ सदस्यीय कार्यसमितिको पहिलो बैठक बस्न लागेको हो । राजधानीको धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा अपरान्ह तीन बजेपछि बस्ने बैठक परिचयात्मक हुने छ ।
बैठकले स्थानीय तह निर्वाचनबारे समेत पार्टीगत धारणा तय गर्नेछ । सरकारले आगामी बैशाख ३१ गतेका लागि निर्वाचन मिति घोषणा गरेको र निर्वाचन आयोगले समेत चुनाव कार्यतालिका सार्वजनिक गरेपछि निर्वाचनबारे पहिलो बैठकबाटै धारणा बनाउन लागेको लिङदेनले बताउनुभयो । यसैबीच, अध्यक्ष कमल थापाले १५ जनालाई केन्द्रिय सदस्यमा मनोनयन गर्नुभएको छ । पार्टी बिधानअनुसार, १ सय ६३ सदस्यीय कार्यसमितिमा पदाधिकारी सहित ६५ जना मनोनयन गर्ने प्रावधान छ । पार्टी महाधिवेशन सकिएकै दिन अध्यक्ष थापाले बरिष्ठ नेता सहितलाई मनोनयन गर्नुभएको हो ।