सहमतीमा एनआरएनको नेतृत्व चुनौं: ग्यान्स पुर्व अध्यक्ष गेहेन्द्र के सी
Sunday, February 26th, 2017, 4:21 am
amit
अष्टिन (टेक्सास)– ग्रेटर अष्टिन नेपाली सोसाइटी (ग्यान्स)का पुर्व अध्यक्ष गेहेन्द्र के सीले गैर आवासिय नेपाली संघ (एनआरएन) अमेरीकाको आसन्न निर्वाचनमा सहमतीमा नेतृत्व चयन गर्न अनुरोध गर्नुभएको छ ।
एनआरएन अमेरीकाको चर्चा र आ-आफ्नो उम्मेद्वारी घोषणाको क्रम तिब्र बढिरहेको सन्दर्भमा हिमालपाटी डट कम संग कुरा गर्दै के सी ले यसपटक आफ्नो कुनै पनि पदमा उम्मद्वारी नरहेपनि सहमतीमा नेतृत्व चयन भए नेपालीहरुमा सम्बन्ध दिगो हुनुका साथै सकारात्मक सन्देश जाने बताउनुभयो ।
हामी सबै एनआरएनको सदस्य बन्नुपर्छ के सीले भन्नुभयो-“हामी सबैले सदस्यता लिए मात्रै पनि संस्था बलियो हुन्छ ।” ग्रेटर अष्टिन नेपाली सोसाइटीको एक कार्यकाल सफल नेतृत्व गरिसकेका के सी लाई एनआरएन पदाधिकारीमा उम्मेद्वारी दिने सोच छैन भन्ने हिमालपाटी डटकमको जिज्ञासामा के सी ले यसपटक २०१७ – २०१९ मा आफु कुनै पदमा उम्मेद्वारी दिने सोच नबनाएपनि त्यसपछि बिचार गर्ने बताउनुभयो ।
पद मात्रै ओगट्ने भन्दा पनि काम गर्न सक्नेहरु नेतृत्व र पदाधीकारीमा आउनुपर्छ भन्ने मेरो मान्यता हो के सीले भन्नुभयो- “नेपालीहरुका हकहितमा काम गर्नका लागी पनि काम गर्न सक्नेहरुलाई सहमतीमा एनआरएनको नेतृत्व चयन गरौं ।”
एनआरएनको सदस्य बन्न यो लिंक खोल्नुहोस-
http://www.members.nrnnccusa.org/