कोहलपुर महोत्सवमा हंगामा मच्चिने क्रम जारी “दर्शकको माग अनुसार महोत्सव एक दिन थपियो”
Sunday, February 26th, 2017, 8:45 pm
amit
संगिन शर्मा
कोहलपुर– कोहलपुरमा जारी कोहलपुर महोत्सव तथा ब्यापार मेलामा हंगामा मच्चिने क्रम जारी छ ।
महोत्सव संचालन यता दिनहुँ राष्ट्रिय तथा स्थानिय कलाकारहरुले हंगामा मच्चाउदै आएका छन । संयोग नै भन्नुपर्छ महोत्सव संचालन अबधिभर धेरै सार्वजनिक बिदा पर्नुले समेत महोत्सव अवलोकन गर्न आउने दर्शकहरुको घुईचो लाग्ने गरेको छ । यसैबिच महोत्सवको दशौं दिन (आईतबार) सम्म १ लाख बढि दर्शकले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा महोत्सव अवलोकन गरेको आयोजक संस्थाले जनाएको छ ।
गत फागुन ६ गतेदेखि संचालनमा आएको महोत्सवमा बाँके, बर्दिया लगाएत जिल्लाका दर्शकहरुको उल्लेख्य सहभागिता रहेको महोत्सव आयोजक मुल समारोह समितिका संयोजक रुद्र खनालले जानकारी दिए । महोत्सवको १० औं दिनसम्म अनुमानित ५० लाख बढिको कारोबार भएको खनालले बताए । महोत्सव संचालनबाट स्थानिय उत्पादनको ब्यापक प्रबद्धर्न हुनका साथै ब्यापार ब्यवसायमा समेत बृद्धि भएको आयोजकले दाबी गर्दै आएको छ । महोत्सवमा ब्यवसायीक स्टलहरुका अलावा होटल तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्राण्डहरुको समेत स्टल राखिएको छ ।
यसैबिच महोत्सवको दशौं दिन आईतबार चर्चित पप गायक मिलन लामा, लोक गायीका टिका पुन लगाएतले आप्mनो प्रस्तुती दिएका थिए । यस क्षेत्रकी चेली टिका पुन छोटो समयमै राष्ट्रिय स्तरमा चर्चा कमाउन सफल गायीका हुन भने मिलन लामा पप गायन क्षेत्रमा चर्चित नाम हो । आईतबार कोहलपुरे दर्शकहरुले यि दुई चर्चित कलाकारहरुलाई प्रतयक्ष रुपमा अवलोकन गर्ने अवसर पाएका थिए । यसअघि शनिबार महोत्सव स्थलमा हंगामा मच्चिएको थियो । १४ हजार बढि दर्शकको बिचमा प्रस्तुती दिन मञ्चमा उक्लीएका प्रमोद खरेलका कारण महोत्सव स्थलमा हंगामा मच्चिएको थियो । शनिबारको बिदालाई सदुपयोग गर्न हजारौं युवा, युवतीहरु महोत्सवमा सहभागी भएका थिए । हजारौ दर्शकलाई सम्बोधन गर्ने क्रममा गायक खरेलले आप्mना चर्चित गितहरु प्रस्तुत गरेका थिए ।
उनले “मेरो देश, प्यारो नेपाल” गाउँदा दर्शकदिर्घामा नेपाल प्रतिको माया छचल्कीएको थियो । युवा पिढिमा समेत देशमोह हुन्छ भन्ने ज्वलन्त उदाहरणका रुपमा शनिबार महोत्सवमा युवाहरुको उपस्थितीले देखाएको थियो । खरेलले झुम्कावाली गाउँदा हजारौं युवतीले झुम्का हल्लाएका थिए । निकै उत्साहित देखिएका युवायुवतीहरु खरेलको प्रस्तुतीसँगै उत्तेजित भएपछि प्रहरीलाई भिड नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो ।
यसअघि शुक्रबार समेत कोहलपुर महोत्सवमा रौनकता छाएको थियो । पछिललो समयकी चर्चित गायिका ज्योती मगरको उपस्थितीका कारण महोत्सव स्थलको माहोल तातिएको थियो । करिब १५ हजार बढि दर्शकहरुमाझ उत्तेजक हाउभाउका साथ प्रस्तुत भएकी ज्योतीका कारण युवाहरुमा नयाँ तरङ्ग पौदा भएको थियो ।
अधिकाशं आलोचनाको सिकार हुने गरेकी ज्योतीलाई कोहलपुरका महिलाहरुले समेत खुलेर साथ दिएका थिए । यसैबिच कोहलपुर महोत्सव १ दिनका लागि थप गरिएको छ । दर्शकहरुको मागलाई सम्बोधन गर्दै १ दिनका लागि महोत्सव सारिएको महोत्सव आयोजक मुल समितिका संयोजक रुद्र खनालले जानकारी दिए ।