उम्मेद्वारी घोषणा गरिसकेकाको पनि नाम छैन एनआरएन अमेरीकाको सदस्यता लिष्टमा
Tuesday, February 28th, 2017, 10:35 am
amit
के सी शेर
अष्टिन (टेक्सास)- मेरो यस्तो पदमा उम्मेद्वारी उस्तो पदमा म सक्षम मान्छे भनेर सामाजिक संजाल रंगाएका व्यक्तिहरु नै गैर आवासिय नेपाली संघ (एनआरएन) अमेरीकाको आधिकारीक वेवसाइटको सदस्यता लिष्टमा छैनन् ।
बिभिन्न पदहरुमा उम्मेद्वारी घोषणा गरेर सामाजिक संजाल रंगाएका मध्ये धेरै व्यक्तिहरुले सदस्यता नलिकन वा नविकरण नगरिकनै आफ्नो उम्मेद्वारी घोषणा गरेको पाइएको छ । अमेरीकाका आम नेपालीहरुलाई एनआरएनको सदस्यता लिनुर्यो भन्दै सन्देश प्रवाह गर्नेहरु नै यो समाचार तयार पार्दा सम्म सदस्यता स ुचिमा छैनन् ।
सदस्यता नविकरण तथा नयां सदस्यताको लागी अव करिब दुई साता बांकी रहंदा यो समाचार तयार पार्दा सम्म ४ सय ६३ जना मात्रै एनआरएन अमेरीकाको सदस्य छन् जवकी एनआरएन अमेरीकाले हालै अमेरीकामा नेपालीको संख्या साढे दुई लाख रहेको तथ्यांक सार्वजनिक गरेको थियो ।
अघिल्लो निर्वाचनका बेला करिब १० हजारको हाराहारीमा सदस्य बनेकोमा यो पटक सदस्य संख्या बढ्नु पर्नेमा सदस्य संख्या निरासाजनक देखिएको छ ।
समय गुर्जिनै लाग्दा सदस्यता लिने वा नविकरण गर्ने नेपालीको रोग पुरानै हो एनआरएन अमेरीकाका एक पदाधीकारीले हिमालपाटी डट कमलाई भने दुई साता भित्र यो संख्या अघिल्लो पटकको जत्तिकै हुनेछ । एनआरएन अमेरीकाको अध्यक्षकै लागी करिब आधा दर्जन आकांक्षीहरुले उम्मेद्वारी घोषणा गरिसकेका छन् भने अन्य पदहरुमा उम्मेद्वारीको लर्को लागेको छ तर एनआरएनमा कसरी नेपालीलाई आकर्षित गर्ने र सदस्यता बिस्तार गर्ने भन्नेमा कसैको ध्यान गएको छैन् । आसन्न एनआरएन अमेरीकाको निर्वाचनका लागी बिभिन्न पदहरुमा उम्मेद्वारी घोषणा गरेका बाहेक अमेरीकामा आफुलाई समाजसेबी तथा नेता सम्झने धेरै व्यक्तिहरुले समेत अहिले सम्म सदस्यता नविकरण गरेका छैनन् ।
बिभिन्न पदहरुमा उम्मेद्वारी घोषणा गरेकाहरुले नै सदस्यता नविकरण नगरेको देख्दा आफुलाई लाज लागेको सोमबार मात्रै सदस्यता लिएका एक नेपालीले बताए ।
एनआरएनको सदस्य बन्न यो लिंक खोल्नुहोस-
http://www.members.nrnnccusa.org/