ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण
Tuesday, January 11th, 2022, 5:12 pm
Kalpristha
चिसोलाई मध्यनजर गर्दै बाँकेको डुडुवा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई चिसोबाट बच्न कम्बल वितरण सुरु गरेको छ । गाउँपालिकाको वार्ड नम्बर १ देखि ६ वटै वडाका ज्येष्ठ नागरिकहरुलाई न्यानो कम्बल र च्यवनप्राश वितरण गर्न सुरु गरिएको पालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले मंगलबार एक कार्यक्रमका विच ज्येष्ठ नागरिकहरुलाई कम्वल वितरण गरेका हुन । उक्त अवसरमा बोल्दै अध्यक्ष चौधरीले गाउँपालिकाले ज्येष्ठ नागरिकलाई लक्षितगरी विशेष कार्यक्रमको प्याकेज लागू गरेको बताए । उनले डुडुवाका कुनैपनि ज्येष्ठ नागरिकलाई स्वास्थ्यलगायतका सेवाबाट बञ्चित हुनुपर्ने अवस्था नआउने बताए ।
गाउँपालिकाको ६ वटै वडामा ६० वर्ष पूरा गरेका ज्येष्ठ नागरिक दलित र एकल महिला गरी दुई हजार सात सय २८ जनालाई कम्वल र च्यवनप्राश वितरण गरिने वडा सचिव शिवकुमार मौर्यले बताए । कार्यक्रमको सुरुवातमा १ सय ५० जनालाई कम्बल वितरण गरिएको छ ।
हिडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकहरुलाई गाउँपालिकाले घरबाटै ल्याउने लैजाने समेत व्यवस्था गरेको छ ।
साथै गाउँपालिकाले हाल ज्येष्ठ नागरिकका लागि छुट्टै १५ सै्याको अस्पताल संचालनको तयारी गरेकाले स्वास्थ्य सम्वन्धी सम्पूर्ण उपचारको व्यवस्था गरिने पालिकाले जनाएको छ ।