गैरराजनीतिक छविका गौरी जोशीद्धारा एनआरएन अमेरिकाको अध्यक्षमा उम्मेद्वारी घोषणा
Wednesday, March 1st, 2017, 2:31 am
amit
टेक्सास- डलास टेक्सास निवासी गौरी जोशीले एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।
डलालस्थित मन्दिरमा आईतबार एक पत्रकार सम्मेलनको आयोजना गरि उनले आफ्नो उमेद्वारी घोषणा गरेका हुन् ।
आफ्नो उमेद्वारी सार्वजनिक गर्दै जोशीले संस्थालाई राजनीतिक विवादबाट मुक्त गर्ने र सवैको साझा संस्था वनाउने प्रतिबद्धता व्यक्त गरे । आईटी व्यवसायीका नामले चिनिने जोशी हालसम्म देखिएका उमेद्वारहरूमध्ये गैरराजनीतिक छवि वोकेका एकमात्र अध्यक्ष पदका उमेद्वार मानिन्छन । सामाजिक क्षेत्रमा पनि आफ्नो नाम चिनाउन सफल जोशी दुई दशकदेखी अमेरिकामा वस्दै आएका छन् ।
उनीसहित अध्यक्ष पदका लागी दाबी गर्नेहरूको संख्या आधादर्जन नाघेको छ । यसअघि बहालवाला बरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल र उपाध्यक्ष रबिना थापाले छुट्टा छुट्टै कार्यक्रम गरी अध्यक्ष पदका लागी आफ्नो उम्मेद्वारी सार्वजनिक गरिसकेका छन् ।
मिडिया र सामाजिक सन्जालमार्फत सोही पदका लागी वर्तमान अध्यक्ष डा केशव पौडेल, राम सि पोखरेल, वन्दना कोईराला, डिल्ली भट्टराई, तेम्वा शेर्पा, मनमोहन सिंह घिमिरे, दुर्गा दाहालले पनि आफुपनि उमेदवार रहेको वताएका छन् । यस बाहेकका पदहरूमा पनि धेरैको रूचि देखिएपनि औपचारिक कार्यक्रम गरि कसैले पनि उमेदवारी दिईसकेका छैनन ।