लुम्बिनी उपाध्यक्षमा नेपालगन्ज उच्च अदालतका बासुदेव ज्ञवालीले दिए उम्मेदवारी
Thursday, March 10th, 2022, 8:21 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ फागुन
नेपालगन्ज उच्च अदालत बारका अधिवक्ता बासुदेव ज्ञवालीले नेपाल बार एशोसियसनको लुम्बिनी प्रदेशको उपाध्यक्षमा उम्मेदवारी दिएका छन । ज्ञवालीले प्रगशिल समुहबाट उम्मेदवारी दिएका थिए ।
एक जना उपाध्यक्षको पदका लाग दुइ जनाको उम्मेदवारी परेको छ । उनीसँगै उपाध्यक्षमा बुटवल उच्च अदालतका अधिवक्ता पशुपति भण्डारीले उपाध्यक्षमा उम्मदेवादरी दिएका छन ।
यसैगरी बाँकेका गोपालकृष्ण घिमिरेले नेपाल बार एशोसिएसन अध्यक्ष पदमा उम्मेदवारी दिएका छन । उनले बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी कानुन व्यवसायी समुहबाट अध्यक्षमा उम्मेदवारी दिएका हुन । अध्यक्षका उम्मेदवार घिमिरेले आफनो नेतृत्वको बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी कानुन व्यवसायीको समुहलाई मतदान गरी बिजयी गराउनका लागि अग्रज तथा साथीहरुहरुलाई अनुरोध गरेका छन ।
आगामी चैत १९ गते नेपाल बार एशोसियसनको निर्वाचन हुँदैछ । अध्यक्षमा वरिष्ट अधिवक्ता घिमिरेसँगै आठ जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएको निर्वाचन समितिले बताएको छ । अध्यक्षमा पदमा घिमिरेसँगै वरिष्ट अधिवक्ता विष्णुमणि अधिकारी, वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैँजु श्रेष्ठ, अधिवक्ता उद्धवचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष्ठ, अनिता जधारी, कमलप्रसाद मलेंगो र पृथ्वीनाथ राईले अध्यक्षका लागि उम्मेदवारी दिएका छन । यसैगरीको बारको महासचिवमा ६ जनाले उम्मेदवारी दिएका छन।
महासचिवमा राधेश्याम सुवास, केदारप्रसाद कोइराला, त्रिलोकबहादुर चन्द, उमेश प्रसाद, अञ्जिता खनाल र इन्द्रबहादुर अधिकारीले कोषाध्यक्षमा जगतबहादुर कार्की र गोविन्दराज उपाध्यायले उम्मेदवारी दिएको निर्वाचन समितिले बताएको छ । चैतमा हुने बारको निर्वाचनमा २५ पदका लागि ७५ जनाले उम्मेदवारी दिएका छन ।