‘चिसो एष्ट्रे’को टिम नेपालगन्जमा
Thursday, March 10th, 2022, 8:49 pm
Kalpristha
भुपि शेरचनको कविताबाट प्रभावित भएर निर्माण गरिएको नेपाली चलचित्र ‘चिसो एष्ट्रे’ले प्रचार–प्रसार तिव्र पारेको छ ।
दिनेश पाल्पालीको कथा र निर्देशनमा बनेको फिल्म चिसो एष्ट्रे चैत ४ गते प्रर्दशन हुँदैछ । फिल्म युनिटका कलाकारहरु अहिले देशव्यापी रुपमा चलचित्रको प्रमोसनमा हिडिरहेका छन । बिहिबार नेपालगन्ज आइपुगेको फिल्म टोलीले स्थानीय पत्रकारसँग फिल्मका बारेमा अन्तरक्रिया गरेका छन ।
पाल्पालीले निर्देशन गरेको फिल्ममा कलाकार दिव्यदेव पन्त, नविन लम्साल, निकुन श्रेष्ठ, श्रृष्टि श्रेष्ठ लगायत रहेका छन । बिहिबार नेपालगन्जमा आइपुगेको टिमले यहाँका कलेज तथा स्कुलमा गएर फिल्मको प्रमोसन गर्ने काम ग¥यो । निर्देशक पाल्पालीले बनाएको डकुमेन्ट्रीले अन्तराष्ट्रिय अवार्ड जितिसकेको छ । उनले बालकृष्ण समका बारेमा पनि डकुमेन्ट्री निर्माण गरेका छन । फिल्मका बारेमा बिहिबार पत्रकारहरु कुराकानी गर्ने क्रममा निर्देशक पाल्पालीले काठमाडौंमा बसिरहेका युवाहरुको कथालाई फिल्ममा देखाउने प्रयास गरेको बताए । भुपी शेरचनको कविताबाट प्रभावित भएर बनाएको फिल्म उनी प्रति सर्मपित गरिएको निर्देशकले बताए ।
फिल्मका नायक दिव्यदेव पन्तले काठमाडौंमा फरक–फरक स्वभाव भएका युवाहरुको संघर्षको कथाले चलचित्रलाई सुन्दर बनाएको बताए । उनले फिल्ममा मदनको भुमिका निर्वाह गरेका छन ।
उनले भने, ‘फिल्म बनाउन हामीले धेरै वर्ष पर्खनु प¥यो । तर हामीले करियरको उत्कृष्ट अभिनय गर्ने प्रयास गरेका छौं । नेपाली फिल्महरु मध्ये उत्कृष्ट फिल्म बनेको छ भन्ने हाम्रो दाबी छ । स्थानीय मौलिक कथा भएकोले दर्शकलाई मन पर्नेछ ।’
फिल्मका अर्का कलाकार निकुनले फिल्मले आफनो आगामी यात्रालाई थप बलियो बनाउने बताए । उनले भने, ‘हामीले प्रोमोसनका दौरान निकै राम्रो प्रतिक्रिया पाएका छौं । हाम्रो मिहिनेतलाई दर्शकले मन पराउनु हुनेछ भन्ने विश्वास छ ।’
फिल्मको निर्माता महेश बाबु तिमल्सिना हुन भने मार्केटिङ कोर्डिनेर्टरका रुपमा बिशाखाविक्रमले काम गरिरहेकी छिन् ।