युनाइटेड र एबिसि सेमिफाइनलमा
Thursday, March 10th, 2022, 8:51 pm
Kalpristha
आर्दश, युनाइटेड एकेडेमी, होल्यिान्ड हाइस्कुल र एबिसिअन्तर स्कुल मेयर तथा उप–मेयर क्रिकेट प्रतियोगिता अन्तर्गत पुरुषतर्फको सेमिफाइनलमा प्रवेश गरेका छन । प्रतियोगिताको पहिलो सेमिफाइनलमा शुक्रबार आद्र्धश र युनाइटेड एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो सेमिफाइनलमा होलिल्यान्ड र एबिसिले प्रतिस्पर्धा गर्ने बाँके जिल्ला क्रिकेट संघका सचिव बिक्रम श्रेष्ठले बताए ।
प्रतियोगिताको क्वाटरफाइनलमा बिहीबार युनाइटेडले मंगलप्रसाद हाइस्कुललाई ८ विकेटले हरायो ।
कोहलपुर क्रिकेट मैदानमा भएको खेलमाटस जितेर ब्याटिङ गरेको मंगलले २० ओभरमा ८ विकेटको नोक्सानीमा ९६ रन बनाएको थियो ।
मंगलप्रसादका लागि अनिल सिंह ठकुरीले २९ रन र सागर कुवरले १७ रन बनाए ।
युनाइटेडका समिर राना र अनुराग गुरुङले समान ३–३ विकेट लिए ।
जवाफमा युनाइटेडले ८.१ ओभरमा २ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । युनाइटेडका लागि पियुस प्रजापतिले सर्वाधिक ३६ रन बनाए । म्यान अफ द म्याच पियुसले २७ बलमा ६ चौका प्रहार गरेका थिए ।
प्रमित रोकायले २८ रन र समिर रानाले अविजित १६ रनको योगदान गरे ।
मंगलका अजय र अनुज सिंह ठकुरीले १–१ विकेट लिए ।
यसैगरी अर्को खेलमा एबिसिले सिद्धार्थ विद्या सदनलाई ६ रनले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ गरेको एबिसि १९.६ ओभरमा १ सय २९ रन बनाएर अलआउट भएको थियो । टोलीका लागि बुद्ध अधिकारीले ३० रन, साहरुख खानले २५ रन, रिकेश श्रेष्ठ र अशोकले समान १६–१६ रन बनाए ।
सिद्धार्थका प्रदिप कोरी, आयुश गुरुङ र चन्द खानले २–२ विकेट लिएका थिए । जवाफमा सिद्धार्थले १ सय २३ रनमात्र बनाएको थियो । सिद्धार्थका लागि चन्द बाबु खानले सर्वाधिक ४९ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन । टोलीका लागि राज बिक्रम मल्लले १५ र सुशान्त थापाले १० रन बनाए ।
म्यान अफ द म्याच एबिसिका सुशिल चौहानले सानदार वलिङ गर्ने क्रममा ६ विकेट लिए । उनले ४ ओभरमा १ मेडन ओभर वलिङ गर्दा ८ रनमात्र दिएका थिए । एबिसिका लागि अमिर अली अन्सारी र रिकेश श्रेष्ठले १–१ विकेट लिए ।