मातृत्व
Saturday, March 26th, 2022, 12:41 pm
Kalpristha
मेरो जीवनमा आज रेलको यात्रा पहिलो थियो । मनमा उत्साहा छाएको थियो । म दुई साना साना अबोध सन्तानको साथमा थिएँ ।
बच्चाहरू पनि निकै हर्षित थिए । अगाडि बढेको रेल स्टेशनमा रोकियो ! दुईजना महापुरूषको प्रवेश भयो ! मैले नचाहा‘दा नचाहा‘दै किनारमा बस्न खोजे । मैले दायाँ बायाँ दुबैतिर बच्चा राखेर सिट रोक्ने कोसिस गरें । एउटाले भन्यो , ‘ए तो चार आदमीका सिट है ! जरा घुसुक जाना ! ‘म हिन्दी अलि अलि बुझे पनि बोल्न जान्दिनथेँ । केही नबोली कुनामा दप्किएँ ।
मेरी ठूली छोरीलाई उठाएर उसले आफनो काखमा राख्यो । अझै मतिर सर्यो । उसले मसंग बोल्ने अनेक बहाना बनायो । म चुप लागेर बसेँ ।
उसले भन्यो , ‘आपके तो दो दो बिटीया है ! सादी में ३० लाखका खर्चा है ! कहाँसे करोगी सादी ? एक मुझे दे दो ।
मेरो मुटुको धड्कन बढ्न थाल्यो । छोरीलाई उसको काखबाट खोस्न खोजें तर सकिँन ! मनमा पापका लहरहरू मात्र तरङ्गीत बनेर दौडिन थाले ! मेरी छोरी अब यसले लाने भयो । के गरौँ ? कसो गरौँ ? भयो । छोरी मामु भनेर रून लागिन् ।
ञञम आत्तिन हुँदैन । म आमा हुँ । मैले जसरी पनि सन्तानको रक्षा गर्नुपर्छ ।झझभन्ने दृढता मनमा आयो । मुटुभरि साहास बटुलेँ ।छोरी आफूतिर ताने तर उसको पञ्जाबाट छुटाउन सकिँन ।
मेरो गन्तब्य स्थान आयो । झोला बोकेर दुबै बच्चाको हात समातें तर उसले छोडेन ! स्टेशनमा रेल जम्मा १० मिनेट मात्र रूक्छ भन्ने जानकारी थियो । मैले बिस्तारै खुट्टाको चप्पल निकालेर देखाएँ । नेपालीमै गाली गरें, ‘तेरो आमा छैन, पापी ? ‘उसको हातबाट छोरी फुत्किइन् । हामी बेतोडले भाग्यौँ । आज मैले संसार जितेको महसुस गरें ।
कपिलवस्तु