जन सम्पर्क समिती अमेरीकाको साधारण सभा स्थगीत
Tuesday, March 21st, 2017, 1:53 am
amit
अष्टिन (टेक्सास)- जन सम्पर्क समिती अमेरीकाको साधारण सभा स्थगीत हुने भएको छ ।
भर्जिनियामा आउंदो अप्रिल २२ तारिखका लागी तय भएको साधारण सभा स्थगीत गर्न नेपाली कांग्रेस केन्द्रिय कार्यालयले निर्देशनात्मक आदेश सहितको पत्र पठाएपछि साधारण सभा स्थगीत हुने भएको हो ।
साधारण सभा स्थगीत हुने भएपछि जन सम्पर्क समितीकै अर्को पक्षले गर्न लागेको डेलिगेट भेला पनि अन्यौलमा परेको बताइएको छ । नेपाली कांग्रेसको केन्द्रिय कार्यालयबाट साधारण सभा स्थगीत गर्नु भन्ने निर्देशनात्मक पत्र आएकोले जन सम्पर्क समिती अमेरीकाले गर्ने भनेको साधारण सभा स्वत स्थगीत भएको जन सम्पर्क समिती अमेरीकाका उपसभापती सिपी पौडेलले बताउनु भयो ।
जन सम्पर्क समिती नेपाली कांग्रेसको भातृ संस्था हो । लामो समय आन्तरिक बिबादमा रुमल्लीएको जन सम्पर्क समिती अमेरीकाको बिबाद केही महिना अघि समाप्त भएको घोषणा गरिएपनि साधारण सभालाई लिएर फेरी बिबाद शुरु भएको थियो । नेपाली जन सम्पर्क समिती अमेरीकाका केन्द्रिय सदस्य तथा तरुण दल अमेरीकाका अध्यक्ष ओम भट्टराईले कांग्रेस केन्द्रिय कार्यालयको पत्र सकारात्मक भएको भन्दै साधारण सभा भन्दा अब तेस्रो अधिबेसनको बाटोमा जानुपर्ने बताउनुभएको छ ।
कांग्रेस केन्द्रिय कार्यालयबाट नै साधारण सभा स्थगीत गर्नु भन्ने निर्देशन सहितको पत्र आएपछि असन्तुष्ट पक्षले गर्ने भनेको डेलिगेट भेला पनि स्थगीत हुने र बिबाद समाधानको बाटोमा जाने धेरैको बुझाई रहेको बताइएको छ ।