साताको तेस्रो दिन उच्च अंकले नेप्से ओरालो
Tuesday, April 5th, 2022, 6:18 pm
Kalpristha
सेयर बजार विगत तीन दिनदेखि ओरालो तर्फ रहेको छ । जसमा मंगलरबार सेयर बजार परिसूचक नेप्से उच्च अंकले घटेको छ ।
साताको तेस्रो दिन नेप्से ४६.४६ अंकले घटेर २४५२.०६ बिन्दुमा झरेको छ ।
मंगलबार कूल २ सय २८ कम्पनीको कारोबार भएको छ । ४५ हजार ८ सय ९४ वटा कारोबारबाट ५८ लाख ४१ हजार ९९८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने २ अर्ब ६७ करोड १२ लाख ३२ हजार ३८८ रुपैयाँ बराबरको भएको छ ।
मंगलबार सबैभन्दा धेरै राष्ट्र उत्थान लघुवित्त, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपालको सेयर मूल्य भने सबैभन्दा धेरै १०–१० प्रतिशतले घटेको छ ।
सोमबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १४ अंकको गिरावट आएको थियो । आइतबार पनि सेयर बजार ३०.८९ अंकले ओरालो लागेको थियो ।
सोमबार कारोबार समयदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा १४ अंकले घटेर २४ सय ९८ अंकको बिन्दुमा आइपुगेको थियो । जसमा अन्तिम कारोबार समयअवधिसम्ममा ०.५९ प्रतिशतको गिरावट आएको थियो ।
जसमा कारोबार अवधिभरमा ३४ लाख २९ हजार कित्ता सेयर १ अर्ब ५८ करोड रुपैयाँ बराबरमा कारोबार भएको थियो । सो क्रममा निर्जीवन बीमा कम्पनी समूहमा २०० अंकको गिरावट आएको छ ।
आइतबार पनि तीव्र उतारचढावबीच नेप्से ३१ अंकले ओरालो लागेको थियो । आइतबार २५४४.३० परिसूचक विन्दुबाट सुरु भएको कारोबार बजार बन्द हुने बेलामा २५१३.४१ अंकमा पुगेर बजार बन्द भएको थियो ।
जसमा करिब ५ अर्बको कारोबार भएको बजारमा कारोबार भएका २ सय २५ कम्पनीको सेयर कारोबारमा १ अर्ब ४६ करोड ७ लाख ७३ हजार ७ सय २९ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो ।
साथै ३२ लाख ५३ हजार ८ सय १६ कित्ता सेयर २८ हजार १ सय १३ पटकको कारोबारमा खरिद बिक्री भएको थियो ।