मिथक
Saturday, April 9th, 2022, 10:14 am
Kalpristha
रविन्द्र केसी क्याम्पस प्रमुख थिए । उनी आफ्नो विषयमा सुयोग्य पनि थिए । यसले गर्दा उनलाई घमण्ड रुपी कालो बादलले छोपिरहन्थ्यो । उनले कलेजका मातहतका कर्मचारीलाई गोठालो जस्तै व्यवहार गर्दथे । उनीसँग कलेजका उपप्राध्यापकहरू कालु, मालु र मधु सबै असन्तुष्ट थिए । उनले आफ्ना भाइहरूलाई पनि अवहेलना गर्दथे ।
पशुपति र क्रिष्णका भक्त थिए उनी । ती दुईको सेवा गरेपछि मानवशत्रु, रोग लगायत जस्तासुकै कारणद्वारा जन्मिएका समस्या को सागरबाट सजिलै पार हुन सकिन्छ भन्ने विश्वासमा थिए उनी ।
कोरोनाले रवीन्द्रलाई पनि बाँकी नछोडे जस्तो लाग्न थालेको थियो । टाउको दुख्थ्यो । रुघा लाग्यो । सास फेर्न सकश हुन थाल्यो । अस्पताल जान पर्ने ठाने उनले ।अस्पतालमा लगिदिने भने कोही थिएन । एक्लैअस्पताल जान भनेर घरबाट प्रस्थान गरे । सडक किनाराको प्रतिक्षालयमा गएर गाडी कुरिरहे ।
कोरोना कहरका कारणले निषेधाज्ञा जारी थियो । गाडी आउने जाने गरेका थिएनन् । घाम उकालोतिर गएको देखिने बेलासम्म प्रतिक्षालयको काखमा सुतिरहनु परेको थियो उनलाई ।
अपरान्हतिर कलेजका साथीहरू; कालु,मालु र मधु त्यही बाटो आएका थिए । रवीन्द्रले आफूलाई अस्पताल पुर्याइदिन अनुरोध गर्नु स्वाभाविक थियो । उनीहरूले अनुरोधलाई ठाडै अस्वीकार गरे । अनि आफ्नो बाटो समाए । दाजु भाईहरू पनि देखिएका थिए । उनीहरू ’कोरोना सर्न सक्छ’ भन्दै आफ्नो बाटो लागेका थिए । सहयोगीहरू र दाजुभाइलाई डस्नु को परीणाम भोगिरहेका थिए रवीन्द्रले ।
साँझ पर्न लाग्दा एकजना भलादमी देखिने मान्छे त्यही बाटो जाँदै गरेका देखिए । रवीन्द्रले चिनेकै मान्छे थिए उनी । उनलाई पनि बोलाएर भने)
‘हेर्नुस् न सर ! मलाई हस्पिटल लगिदिने कोही भएन । मैले पशुपतिमा सुनको जलारी चढाएँ । परिवार सहित गएर पूजाआजा पनि गरेँ । क्रिष्नपुरीमा राधा क्रिष्नको मूर्ति स्थापना गरेर पूजा पनि गरेँ । मलाई त ऊल्टो फल मिले जस्तो भयो ।’
‘ए ती ? विज्ञानले अनुसन्धान गर्दा जसजसका भग्नावशेष भेटिएका छैनन् ती सबै मिथक हुन् ।’
स्याङ्जा