नेजाले एनआरएनका उम्मेद्वार संग सार्वजनिक बहस गर्ने
Thursday, March 23rd, 2017, 2:52 am
amit
अष्टिन (टेक्सास)- नेपाल अमेरीका पत्रकार संघ (नेजा) ले गैर आवासीय नेपाली संघ (एनआरएन) का उम्मेद्वारहरु संग अमेरिकाका प्रमुख शहरमा सार्वजनिक बहस गर्ने भएको छ ।
एनआरएन अमेरीकाको आसन्न निर्वाचनमा दर्जनौले उम्मेद्वारी घोषणा गरिसकेको अवस्थामा नेपालीहरुको बृहत्तर हितमा आफ्नो योजना, दृष्टिकोण र योग्यतालाई प्रष्ट पार्न र समुदायलार्य उम्मेद्वारहरु संग साक्षात्कार गर्ने वातावरण सिर्जना गर्ने योजना अनुसार नेजाले अमेरीकाका डालस, न्युयोर्क, वासिङ्टन डिसी र क्यालिफोर्नियामा सार्वजनिक बहस गर्न लागेको बताएको छ ।
सार्वजनिक बहस कार्यक्रमका संयोजक एवम नेजाका सदस्य बाल जोशी द्धारा जारी गरिएको विज्ञप्तीमा एनआरएन अमेरीका र त्यसका राज्य स्तरिय शाखाहरु तथा स्थानीय संघसंस्थाहरु संगको संयुक्त आयोजनामा बहस गरिने बताइएको छ ।
बहसको कार्यक्रम आउंदो अप्रिल ८ तारिख शनिबार टेक्सासको डालसबाट शरु हुनेछ त्यसपछिको बहस कार्यक्रम अप्रिल २९ तारिख शनिबार न्युयोर्कमा हुनेछ भने मे ६ तारिख शनिबार वासिङ्टन डिसीमा आयोजना हुनेछ ।
यस्तै अन्तिम बहसको कार्यक्रम मे १३ तारिख शनिबार सान फ्रान्सिस्को क्यालिफोर्नियामा आयोजना गरिने भएको छ ।
विज्ञप्ती
नमस्कार ।
नेपाल अमेरिका पत्रकार संघ नेजाले नेपाली समुदयसँग प्रत्यक्ष सरोकार
राख्ने विषयमा कार्यक्रम गर्दै आएको बिदितै छ, गैर आवासीय नेपालीहरूको
सङ्गठन ( एनआरएन) अमेरिकाको निर्वाचन आगामी मे महिनाको अन्तिम साता हुने
भएको छ। आगामी नेतृत्वका लागि दर्जनौले विभिन्न पदहरुमा आ-आफ्नो
उम्मेदवारी घोषणा गरेका छन्। उम्मेद्वारहरुले नेपालीहरुको वृहत्तर हितमा
आफ्नो योजना , दृष्टिकोण र योग्यतालाई प्रस्ट पार्न र समुदायलाई
उम्मेद्वारहरु सँग साक्षात्कार गर्ने वातावरण सिर्जना गर्ने योजना अनुसार
नेपाल अमेरिका पत्रकार सङ्घ ( नेजा)ले अमेरिका प्रमुख चार सहरहरूमा
स्थानीय समुदाय र उम्मेद्वारहरुका बिच सार्वजनिक बहसको आयोजना गर्ने भएको
छ ।
एनआरएन अमेरिका र त्यसका राज्य स्तरिय शाखाहरु तथा स्थानीय
सङ्घ-संस्थाहरू सँगको सयुंक्त आयोजनामा सञ्चालनमा हुने सार्वजनिक बहसमा (
एनआरएन) अमेरिकाको भावी नेतृत्व, खास गरी, अध्यक्ष पदका आकांक्षीहरुसंग
अमेरिकाको नेपाली समुदायसँग सम्बधित विभिन्न पक्षहरूमा सार्वजनिक बहस
गरिनेछ। बहसको खाका, विषय तथा प्रश्नहरू नेजाको सार्वजनिक बहस समुहले
तय गर्नेछ ।
सार्वजनिक बहसको लागि तय भएका मिति तथा सहरहरु:
अप्रिल ८ शनिवार– डालस, टेक्सस
अप्रिल २९ शनिवार – न्यु योर्क
मे ६ , शनिवार – वासिङ्टन डिसी
मे १३, शनिवार – सान फ्रान्सिस्को, क्यालिफोर्निया
धन्यवाद ।
बाल जोशी
सयोंजक, सार्वजनिक बहस
नेपाल अमेरिका पत्रकार सङ्घ ( नेजा)