लघुकथा : जोहो
Saturday, April 23rd, 2022, 8:44 am
Kalpristha
एउटी बूढी आइमाइ थिईन् । उनी धेरै गरीब र वेसहारा थईन् । भएका, छोरा – छोरीहरू पनि आ – आफ्नै घरव्यवहारमा लागेका थिए । छोरी विहे गरेर, ज्वाईँको घरमा थिइन् । छोरोचाहिँ आफ्नी, श्रीमती लिएर ससुराली घरतर्फ वस्थ्यो ।
ती बूढी आइमाइ, जस्की नाउँ ‘मस्यौरी’ थियो । उनले मनमा मीठो आशा लिएर, अरूको ढिकी जाँतो गरेर छोरा – छोरीहरूलाई पढाइ लेखाइ गराएकी थिईन् । छोरा – छोरीहरूले पनि पढे, लेखे अनि जागीरे भए । त्यसपछि आ–आफ्नो भविष्य बनाउँतिर लागे । ती बूढी आमालाई, हेरविचार गर्न छोडे । खर्चपानी, लत्ताकपडा आदी दिन पनि छोडे ।
एकदिन् मस्यौरीले रूँदै भनिन् – ‘बुढेसकालको सहारा भनेर, छोरा – छोरीहरूमाथि जिन्दगी विताइयो । आखिरमा , म बूढी एक्लाकोएक्लै । काल पनि आउँदैन ।’
यो कुरा सुनेर डल्लीले, उनलाई सम्झाइन् – ‘संसार हेरेर चित्त बुझाउँनु पर्छ । जिन्दगी लामो छ , अहिल्यै हिम्मत् हार्नु हुँदैन । बरू त्यही जोहो गरी राखेकी, २ – ४ लाख रूपियाँ झिकेर खाऊ ।’
उनको यस्तो कुराले शायद ‘मस्यौरी’ की चित्त बुझेछ क्या रे । तत्पश्चात् सारीको सप्कोले दुवै, गहको आँशु पुछिन् । अनि भान्सातिर लागिन् ।
भोलिपल्ट बिहान भयो । झलमल्ल घाम लाग्यो । उनी, गाइवस्तुहरू बाहिर सार्न लागिन् । यसै समयमा उनको कानमा, आमा ककक आमा ककक भन्ने आवाज ठोक्कियो । फर्केर हेर्दा त आफ्नै छोरो ‘लोसे’ लाई देखिन् । र, भनिन् – ‘आमा मरि की बाँचि भनेर हेर्न आएको ? जुन् बाटो आइस्, त्यही बाटो जा । आमाकी साइनो लाउँनु पर्दैन ।’
लोसे, आमाकी यस्तो कुरा सुनेर रिसले खुब् रन्थनियो । र, भन्यो – ‘मैँले घर आउँनु हुँदैन र ? के मेरो यस, घरमा हक अधिकार छैन र ?’ तत्पश्चात् भित्र पसेर बाकस खोलेर हेर्यो र, सोध्यो –‘यहाँको रूपैयाँ खोइ ?’
‘बुढेसकालमा तैँले, मलाई पालिनस् । मेरो दुःख पीडा बुझिनस् । त्यसैले पछिको लागि चाहिन्छ भनेर जोहो गरी राखेकी, रूपैयाँ थियो । झिकी झिकी खाएँ । तेरो, घरद्वार बेचेर खाएकी छुइन क्या रे ।’ उनले जवाफ दिइन् ।
उसको पालो आजदेखि मेरो लागि, तपाईं मर्नु भो । तपाईँको लागि, म मरेँ यसो भन्दै घरबाट निस्क्यो ।