सक्रिय बन्दैं महेन्द्र पुस्तकालय
Sunday, April 24th, 2022, 6:32 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ११ वैशाख
कमजोर व्यवस्थापनका कारण धरासायी बनेको महेन्द्र पुस्तकालय व्यवस्थापन टिमले पुन सक्रियता देखाएको छ । गत चैतमा बनेको तदर्थ समितिले पुस्तकालयको व्यवस्थापनलाई बलियो बनाउन विभिन्न महत्वुपुर्ण काम गरेको छ ।
चैत २९ गते पुस्तकालयको आजीवन सदस्यहरुको भेलाले बलराम यादवको नेतृत्वमा नयाँ कमिटी गठन गरेको थियो । जुन कमिटी अहिले सक्रिय भएर लागेको छ । दुइ महिना देखी तल खाना नपाएका कर्मचारीलाई तलब दिने देखि लिएर पुस्तकालयको सरसफाई र नयाँ योजना बनाएर काम अगाडी बढेको बताउँछन तदर्थ समितिका सचिव एवम् अधिवक्ता सुदिप भंटराई ।
उपभोक्ता मंच नेपाल बाँके शाखा अध्यक्ष समेत रहेका भंटराईले पुस्तकालयलाई समय अनुसार थप सुविधा थप्दैं नयाँ आजीवन सदस्य थप्ने काम तत्काल गर्ने तयारी गरेको बताउँछन सचिव भंटराई ।
उनले भने,‘आजीवन सदस्य पनि कति छन भन्ने यकिन डाटा छैन । अब नयाँ सदस्य थप्ने हो । वडा कार्यालय र नगरपालिकालाई केहि बजेट सहयोगका लागि अनुरोध गरेका छौं । ८ नम्बर वडा अध्यक्षले १लाख रुपैयाँ दिनु भएको छ ।’
यसैगरी पुस्तकालयको तदर्थ कमिटिले पुस्तकालयको भवनमा रहेका ५ वटा सटरको भाडा समेत संकलन गर्ने कामलाई अगाडी बढेको छ ।
व्यवस्थापन कमजोर हुँदा पुस्तकालयको भाडामा दिएका सटरहरुले पनि नियमित रकम दिने गरेका थिएनन । पुस्तकालयले गत साउन महिनादेखी सटरहरुसँग ४ हजारका दरले भाडा लिने गरेको थियो । पुस्तकालयको नाममा रहेको बैंक खातामा ७ लाख भन्दा बढी रकम देखिएको छ । जसलाई हस्ताक्षर परिवर्तन गरेर संचालनमा ल्याएको सचिव भंटराईले बताए ।