झाँकीसहित राप्रपाले गर्यो नेपालगन्जको उम्मेदवारी दर्ता
Sunday, April 24th, 2022, 6:40 pm
Kalpristha
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले झाँकीसहित तामझामका साथ नगर परिक्रममा गरेर नेपालगन्ज उप–महानगरपालिकाको उम्मेदवारी दर्ता गरेको छ । आइतबार राप्रपाले नेपालगन्जसहित अन्य पाँच पालिकाको पनि उम्मेदवारी दर्ता गरेको छ ।
नेपालगन्ज उप–महानगरपालिकामा राप्रपाले प्रमुखमा नन्दलाल वैश्य र उप–प्रमुखमा विन्दु चर्तिमगरको उम्मेदवारी दर्ता गराएको हो । राप्रपाका महामन्त्री एवं नेपालगन्ज उप–महानगरपालिकाका मेयर डा. धवलसमशेर राणाको उपस्थितिमा नेपालगन्जमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराइएको थियो ।
राप्रपाका बाँके जिल्ला अध्यक्ष नरेन्द्र पौडेलका अनुसार कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका र जानकी गाउँपालिकाको पनि उम्मेदवारी दर्ता गराइएको छ ।
.
राप्रपाबाट कोहलपुरको प्रमुखमा प्रदीपकुमार शाह र उप–प्रमुखमा सावित्रा घिमिरेको नाम दर्ता भएको छ । त्यस्तै राप्ती सोनारी गाउँपालिकामा भुपेन्द्र वलीलाई अध्यक्ष र शोभा वलीलाई उपाध्यक्ष, बैजनाथमा तारकसिंह थारुलाई अध्यक्ष र जयलक्ष्मी शाहलाई उपाध्यक्ष, जानकी गाउँपालिकामा श्यामबहादुर थापालाई अध्यक्ष र कुश्मा रैदासलाई उपाध्यक्ष, खजुरा गाउँपालिकामा धनसिंह रानालाई अध्यक्ष र तिलकुमारी हमाललाई उपाध्यक्षको उम्मेदवार दर्ता भएको छ ।
राप्रपाले डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाको उम्मेदवारी दर्ता सोमबार गर्ने अध्यक्ष पौडेलले जनाएका छन् ।