नेप्सेमा उच्च गिरावट
Monday, April 25th, 2022, 8:23 pm
Kalpristha
कालपृष्ठ डेस्क
नेपालगन्ज, १२ वैशाख
साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेप्सेमा उच्च गिरावट आएको छ । सोमबार बजार ३४.९५ अंकले घटेर २३८६.०१ विन्दुमा झरेको हो ।
सोमबार कारोबार रकम भने २ अर्ब नाघेको छ । सोमबार कूल २ सय ३९ वटा कम्पनीको ४६ हजार ४ सय १ वटा कारोबारबाट ५० लाख ४७ हजार ७ सय ६९ कित्ता शेयर किनबेच भएको छ ।
यसबाट कूल २ अर्ब ४ करोड २२ लाख ५३ हजार १ सउ ८२ रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन होटेल र पर्यटन र म्यूचअल फण्डबाहेक सबै उपसमुह राताम्य रह्यो । सबैभन्दा धेरै अन्य समूहका लगानीकर्ताले गुमाए । विकास बैंक उपसमूह समेत धेरै घट्नेमा रहृयो ।
जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेर ८५८.६० रुपैयाँ पुगेको छ । यो कम्पनीको शेयर मूल्य ७८ रुपैयाँले बढेको हो । सिद्धार्थ इक्विटी फण्डको मूल्य ४ प्रतिशतले बढ्यो ।
एनआइबीएल प्रगति फण्ड, आरबीबी म्यूअल फण्ड र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समेत धेरै बढ्नेमा रहृयो । सोमबार सेन्ट्रल फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै (५.३३ प्रतिशत) घट्यो । २० रुपैयाँ प्रतिकित्ता घटेको यस कम्पनीको शेयर मूल्य ३ सय ५५ रुपैयाँमा झरेको छ ।
रसुवागढी हाइड्रो, ङ्यादी हाइड्रो, सामलिङ पावरसहितका कम्पनीको मूल्य धेरै घट्नेमा अगाडि रह्यो । यस दिन अरुण भ्याली हाइड्रोको शेयर सबैभन्दा धेरै किनबेच भएको छ । दोस्रोमा शिवम सिमेन्ट रह्यो ।