कतै गठबन्धन, कतै एकल भिडन्त (तालिकासहित)
Monday, April 25th, 2022, 10:00 pm
Kalpristha
वैशाख ३० गने हुने स्थानीय निर्वाचनका लागि उम्मेदवारी दिने समय सोमबार सकिएको छ । निर्वाचन आयोगले आइतबार र सोमबार दुई दिन उम्मेदवारी दर्ता समय तोकेको थियो ।
पहिलो राप्रपा लगायत केही साना दलले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए भने दोस्रो दिन सोमबार नेपाली कंग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी(जसपा) लगायतले आ–आफ्नो उम्मेदवारी दर्ता गराए ।
उम्मेदवारी दर्तामा कतै गठबन्धन त कतै एकल भिडन्त देखिएको छ ।
नेपालगन्ज उप–महानगरपालिकामा नेपाली कांग्रेस र जसपाबीच गठबन्धन गरियो । जसमा मेयरका लागि नेपाली कंगे्रसबाट प्रशान्त विष्ट र उप–मेयरका लागि जसपाका कमरुद्दीन राईको नाम दर्ता भएको छ ।
त्यस्तै कोहलपुर नगरपालिका कांग्रेसबाट मेयर पूर्ण प्रसाद आचार्य र उप–मेयर संगीता सुवेदीको उम्मेदवारी दर्ता भएको छ ।
खजुरा गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट माओवादीका डम्बर विक ‘तुफान’ र उपाध्यक्ष नेपाली कांग्रेसकी मन्जु मल्लको नाम दर्ता भएको छ ।
नेपाली कांग्रेसले जानकी गाउँपालिकाको अध्यक्षछब्बन खाँ र उपाध्यक्षरामप्यारी यादव, बैजनाथ गाउँपालिकाको अध्यक्षप्रकाश बहादुर शाही र उपाध्यक्षनिर्मला रोकाय, डुडुवा गाउँपालिकाको अध्यक्षनरेन्द्र कुमार चौधरी र उपाध्यक्षसाहिदा बानो खाँ, राप्ती सोनारी गाउँपालिकाको अध्यक्षतप्त बहादुर पौडेल र उपाध्यक्षसंगिता कुमारी थारु, नरैनापुर गाउँपालिकाको अध्यक्षरामचन्द्र मौर्य चौधरी र उपाध्यक्षअतिकुन निशाको उम्मेदवारी दर्ता भएको छ ।
.
नेपालगन्जमा एमाले एक्लै लड्ने
नेकपा एमालेले नेपालगन्ज उप–महानगरपालिकाको मेयरका लागि पशुपति दयाल मिश्र र उप–मेयरका लागि शान्ति ढकालको उम्मेदवारी दर्ता गरेको छ ।
त्यस्तै कोहलपुर नगरपालिकाको मेयरमा खिलप्रसाद भुसाल र उप–मेयरमा अस्मिता थारुको नाम दर्ता भएको छ ।
जानकी गाउँपालिकाको अध्यक्षमा हेमान्सु यादव र उपाध्यक्षमा भूमिसरा धिताल, खजुरा गाउँपालिकाको अध्यक्षमा सुमन मल्ल र उपाध्यक्षमा नजिरा बेगम, डुडुवा गाउँपालिकाको अध्यक्षमा सरोजकुमारी यादव र सकिल खाँ, बैजनाथ गाउँपालिकाको अध्यक्षमा धननाथ खनाल र उपाध्यक्षमा प्रेमपूर्ण योगी, राप्ती सोनारी गाउँपालिकाको अध्यक्षमा रामदास थारु र उपाध्यक्षमा चमेली बागबल र नरैनापुर गाउँपालिकाको अध्यक्षमा पदमावति यादव र उपाध्यक्षमा रामकुमार दीक्षितको उम्मेदवारी दर्ता भएको छ ।
.
माओवादीको कतै गठबन्धन त कतै एकल उम्मेदवारी
नेपालगन्ज उप–महानगरपालिकामा माओवादीका टंक बहादुर धामीले मेयर र तारा कुमारी खत्रीले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । भने २३ वटै वडामा भने उम्मेदवारी दर्ता गराएको छ ।
कोहलपुरमा भने माओवादीका तर्फबाट मेयरमा नरेन्द्र न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै खजुरा गाउँपालिकामा गठबन्धनबाट अध्यक्षको पदमा माओवादीतर्फ डम्बर विक (तुफान) को उम्मेदवारी दर्ता भएको छ ।
बैजनाथ गाउँपालिकाको अध्यक्षमा जितेन्द्र शाहले उम्मेदवारी दिएका छन् ।
राप्ती सोनारीमा भने माओवादी एक्लैले पालिकासहित सबै वडामा उम्मेदवारी दर्ता गराएको छ । पालिको अध्यक्षमा पट्ट थारु र उपाध्यक्षमा मञ्जु रोकाको उम्मेदवारी दर्ता भएको छ ।
जानकी गाउँपालिकामा भने माओवादीको तर्फबाट उपाध्यक्षमा रक्षाराम बर्माको उम्मेदवारी दर्ता भएको छ ।