सामुहिक राजिनामा दिदैं खजुरा–२ कांग्रेस कार्यसमिति
Monday, April 25th, 2022, 10:04 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, १२ वैशाख
नेपाली कांग्रेस खजुरा गाउँपालिका वडा नम्बर २ का सभापति अमर रावतले स्थानीय निर्वाचनमा पार्टीले टिकट वितरणमा मनोमानी ढंगले गरेको भन्दैं पदबाट राजिनामा दिने बताएका छन । सितापुर कार्यसमितिका सम्पुर्ण पदाधिकारीले पदबाट राजिनामा दिने उनले कालपृष्ठ डटकमसँग बताए ।
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा खजुरा गाउँपालिकामा सत्ता गठबन्धन दलबाट नेकपा माओवादीले अध्यक्ष र नेपाली कांग्रेसले उपाध्यक्षमा उम्मेदवारी दिएको छ ।
सोमबार माओवादीका डम्बर विक तुफान र कांग्रेसकी मञ्जु मल्लले उपाध्यक्षमा उम्मेदवारी दिएकी छिन । तर वडा सदस्यमा वडा समितिले सिफारिस गरेको नाम भन्दा फरक व्यक्तिलाई उम्मेदवारी दिएको भन्दै वडा सभापति रावतले असन्तुष्टि व्यक्त गरेका छन ।
उनले भने,‘वडामा पार्टीलाई बलियो बनाउन हामीले दिनरात मिहिनेत गरेका छौं । तर पार्टीका शिर्ष नेताले आफनो स्वार्थलाई हेरेर टिकट वितरण गर्नु भएको छ । अनि हामीले वडाको संगठनमा गरेको कामको मुल्याकन कसरी भयो । यस तर्फ पार्टीका सम्बन्धित निकायले गम्भिर भएर विचार गर्नु पर्छ । होइन भने हामीले पदमा बसेर काम गर्नुको कुनै औचित्य छैन । हामी भोली सामुहिक राजिनामा दिन्छौं ।’