बाँकेमा २ हजार ३ सय मनोनयन दर्ता
Tuesday, April 26th, 2022, 7:06 pm
Kalpristha
स्थानीय तहमा सबैभन्दा बढी नेपालगन्ज उप–महानगरपालिकामा सात सय ७९ जनाको मनोनयन परेको छ । भने सबैभन्दा कम डुडुवा गाउँपालिकामा एक सय ७७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि बाँकेमा दुई हजार तीन सय जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले दिएको वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गराउनेको संख्या दुई हजार तीन सय २९ पुगेको हो ।
निर्वाचन आयोग बाँकेका अनुसार आठवटा स्थानीय तहमा सबैभन्दा बढी नेपालगन्ज उप–महानगरपालिकामा सात सय ७९ जनाको मनोनयन परेको छ । भने सबैभन्दा कम डुडुवा गाउँपालिकामा एक सय ७७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपालगन्जमा १८ जनाको मेयरमा मनोनयन
नेपालगन्ज उप–महानगरपालिकामा मेयर पदमा १८ जना र उप–मेयर पदमा १० जनाको मनोनयन दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै नगरका २३ वटै वडामा एक सय ६६ जनाले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । सदस्यमा भने तीन सय २ जना महिला सदस्यामा एक सय ४९ जना र दलित महिला सदस्यमा एक सय ३४ जनाको उममेदवारी दर्ता भएको छ ।
नगरको वडा नम्बर १ मा ६ जना, २ मा ७ जना, ३ मा ८ जना, ४ मा ६ जना, ५ मा ११ जना, ६ मा ८ जना, ७ मा ७ जना, ८ मा ६ जना, ९ मा नौ जनाको उम्मेदवारी वडा अध्यक्ष पदमा परेको छ । त्यस्तै वडा नम्बर १० मा ५ जना, ११ मा नौजना, १२ मा ५ जना, १३ मा ५ जना, १४ मा ९ जना, १५ मा ६ जना, १६ मा ९ जना, १७ मा ६ जना, १८ मा ८ जना, १९ मा ७ जना, २० मा ८ जना, २१ मा ७ जना, २२ मा ७ जना र २३ मा पनि ७ जनाको वडा अध्यक्षमा मनोनयन दर्ता भएको छ ।
कोहलपुरमा ४ सय ९ जनाको उम्मेदवारी
कोहलपुर नगरपालिकाको मेयरमा १५ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । साथै उप–मेयरमा १० जनाको मनोनयन दर्ता भएको छ ।
कोहलपुरमा रहेको १५ वटा वडामा ९१ जनाको उम्मेदवारी दर्ता भएको छ । भने एक सय ४८ जना सदस्या, ७६ महिला सदस्या र ६९ जना दलित महिला सदस्यको उम्मेदवारी परेको छ ।
खजुरामा ८ जनाको अध्यक्षमा मनोनयन
खजुरा गाउँपालिकामा भने अध्यक्ष पदका लागि ८ जना र उपाध्यक्षका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै आठवटा वडाको अध्यक्षमा भने ४१ जनाको नाम दर्ता भएको छ ।
वडा सदस्यमा भने ७५ जना, महिला सदस्यमा ३५ जना र दलित महिला सदस्यमा ३४ जनाको नाम दर्ता भएको छ ।
जानकीमा १ सय ८९ जनाको उम्मेदवारी
जानकी गाउँपालिकामा कूल एक सय ८९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा अध्यक्ष पदमा ७ जना, उपाध्यक्षमा ८ जना, वडा अध्यक्षमा ४५ जना, सदस्यमा ६८ जना , महिला सदस्यमा ३० जनार दलित महिला सदस्यमा ३१ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोग बाँकेले जनाएको छ ।
.
डुडुवाको अध्यक्षमा ७ जना
डुडुवा गाउँपालिकाको अध्यक्ष पदमा ७ जनाको उम्मेदवारी दर्ता भएको छ । उपाध्यक्षमा भने ६ जनाको उम्मेदवारी दर्ता भएको छ ।
पालिकामा रहेको ६ वटा वडामा भने ४३ जनाले वडा अध्यक्षमा मनोनयन गराएका छन् । साथै वडा सदस्यमा भने ४३ जना, सदस्यमा ६२ जना, महिला सदस्यमा २९ जना र दलित महिला सदस्यमा ३० जनाको नाम दर्ता भएको छ ।
नरैनापुरको अध्यक्षमा ४ जना
नरैनापुर गाउँपालिकाको अध्यक्षमा चारजनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन कार्यालयका अनुसार उपाध्यक्षमा ५ जनाको मनोनयन भएको छ ।
त्यस्तै पालिकाका ६ वटा वडामा ४१ जनाले अध्यक्ष पदमा नाम दर्ता गराएका छन् । सदस्यमा भने ६९ जना, महिला सदस्यमा ३६ र दलित महिला सदस्यमा ३१ जनाको नाम दर्ता भएको छ ।
बैजनाथमा १ सय ९१ जनाको उम्मेदवारी
बैजनाथ गाउँपालिकामा १ सय ९१ जनाले उम्मेदवारी दर्ता गराए । जसमा अध्यक्ष पदमा ९ जना, उपाध्यक्ष पदमा ५ जना, वडा अध्यक्षमा ४६, सदस्यमा ६९, महिला सदस्यमा ३२ र दलित महिला सदस्यमा ३० जनामा उम्मेदवारी दर्ता भएको छ ।
राप्ती सोनारीको अध्यक्षमा ५ जना
राप्ती सोनारी गाउँपालिकाको अध्यक्षमा ५ जनाको मनोनयन भएको निर्वाचन कार्यालयले जनाएको छ । साथै उपाध्यक्षमा ६ जना, वडा अध्यक्षमा ३९ जना को नाम दर्ता भएको छ ।
सदस्यमा भने ७९ जना, महिला सदस्यमा ३७ जना र दलित महिला सदस्यमा ३३ जनाको उम्मेदवारी रहेको छ ।