५२० पदमा २ हजार ४ सय उम्मेदवारी
Tuesday, April 26th, 2022, 7:53 pm
Kalpristha
लिलाधर वली
दाङ, १३ बैशाख
दाङका दश स्थानीय तहमा ५ सय २० पदका लागि करिव २४ सय बढीको उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यालयले उम्मेदवारी दर्ताका उपलव्ध गराएको बैशाख ११ र १२ गते दुई दिनको अवधिमा २ हजार ४ सय १२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रदेश निर्वाचन कार्यालय घोराहीका अनुसार दाङ दश स्थानीय तहमा प्रमुख÷उपप्रमुख गरि २० जना, जिल्लाका एक सय वडाहरुमा एक जना वडा अध्यक्ष र ४ सय सदस्यका लागि बैशाख ३० गते निर्वाचन हुन थालेको छ । जसमा सवैभन्दा धेरै तुलसीपुर उपमहानगरपालिकामा पाँच सय बढीले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यमा ५ सय ३२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । तुलसीपुरमा १२, उपप्रमुखमा ९ र वडा अध्यक्षमा १२३ सहित ५२३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी घोराही उपमहानगरपालिकामा ४ सय ४० जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा नगर प्रमुखमा १५ जना, उपप्रमुखमा ८ जना र वडाध्यक्षमा १०८ गरी जम्मा ४४० जनाले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिएका छन् । सूचना अधिकारी कुँवरका अनुसार दंगीशरण गाउँपालिमा अध्यक्षमा १०, उपाध्यक्षमा ६ र वडाध्यक्षमा ३८ सहित १६२ जना, बबई गाउँपालिकाको अध्यक्षमा ७ जना, उपाध्यक्ष ६ र वडाध्यक्ष ४० सहित १५७ जना, राजपुर गाउँपालिमा अध्यक्ष ७, उपाध्यक्ष ६, वडाध्यक्ष ४० सहित १८८ जना, राप्ती गाउँपालिकामा अध्यक्षमा ८, उपाध्यक्ष ६ र वडा अध्यक्षमा ५० सहित २३३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
.
गढवा गाउँपालिकामा अध्यक्षमा ९, उपाध्यक्ष ८ र वडाध्यक्षमा ४२ सहित १९५ जना, लमही नगरपालिकामा नगर प्रमुखमा ८, उपप्रमुखमा ८ र वडाध्यक्षमा ५२ जना सहित १४७ जना, शान्तिनगर गाउँपालिकाको अध्यक्ष ७, उपाध्यक्षमा ४ र वडाध्यक्षमा ३३ सहित १३६ जना, बंगलाचुली गाउँपालिकामा अध्यक्षमा ४, उपाध्यक्षमा ४ र वडाध्यक्ष २३ जना सहित ११५ जनाले उम्मेदवारी दर्ता गराएको सूचनाअधिकारी कुँवरले जानकारी दिएका छन् ।
स्थानीय तह निर्वाचनका लागि जिल्लाका दश वटै पालिकाहरुरुमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत केही स्थानमा स्वतन्त्र उम्मेदवारी समेत परेको छ । जिल्लाका दुई उपमहानगरपालिका, एक नगरपालिका र ७ गाउँपालिकासहित एक सय वडाहरूमा नगर प्रमुख ÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष, वडा अध्यक्षसहित सदस्यहरू निर्वाचित हुने व्यवस्था रहेको छ ।
उम्मेदवार विरुद्ध परेनन् उजुरी
जिल्लाका दश वटै निर्वाचन क्षेत्रमा दावी विरोध नपरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवार विरुद्ध दावी विरोका लागि निर्वाचन आयोगले उपलव्ध गराएको समय अनुसार मंगलवार साँझ पाँच बजेसम्म कुनै पनि स्थानीय तहमा उम्मेदवार विरुद्ध उजुरी नआएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी कुँवरले जानकारी दिएका छन् ।