लघुकथा– पुजारी
Saturday, April 30th, 2022, 4:48 pm
Kalpristha
बि.बि.याक्खा
प्रभात र राहुल दुबै एक आइ. एन .जि .ओ मा कार्यरत एकै कम्पनीको कार्यलयका कर्मचारीहरु थिए।उनीहरुको काम गर्ने तौरतरिका भने अलिक भिन्नै नै उस्तै सोच पनि फरक फरक!
राहुल आफुले आफैंलाई ठूलो र चलाख मान्ने गर्दथियो जहिले राम्रो काम जतिको जस आफु लिन्थे बाकी प्रभातलाई अन्य ।
प्रभातलाई फसाउनमा अन्यको त्यस्तै पनि हातहुने गर्दथियो !
अनेग गाली र बेजत सहेर पनि प्रभातले हिम्मत भने हारेनन ।
राहुलको घमण्ड दिन प्रतिदिन बढदै गैइरहेको थियो । किनभने सबै कर्मचारीहरुलाई अनेक घुसपैठ गरि आफ्नो बहसमा पारेर इच्छा मुताबिक कामगर्दै आईरहेका थिए । मानौं उसलाई त्यहाँ कुनै प्रकारको नियम कानुन र रोक टोक नै छैनन् सबै आफ्नै !
आज अचानक हाकिमले प्रभातलाई भन्यो – प्रभात जि ! माफ गर्नुहोला तपाईंको काम गर्ने शैली ठिक नभएको हुनालेगर्दा नै तपाईंलाई आजबाट नै बिदा दिदैछौ तपाईं जान सक्नुहुनेछ ।
प्रभात छक्कपर्दै बोल्यो– तर सर !मैले केही कारण बुझिन नि ?
राहुलले कुटिल हासो हास्दै भन्यो – भनेपछि जाने नि खुरुखुरु ।
हाकिमले हास्दै भन्यो – होनि राहुल जि !कारण प्रष्ट नै छ हैन !
प्रभात यो सब सुनेर निलम्बन पत्रमा हस्ताक्षर गरेर फटाफट बाहिर गेटतर्फ बिस्तारै पाइला लम्काउदै गरेको अबस्थामा ठिक त्यो बेला नै माथिल्लो तह कम्पनीको बिदेशी उच्च अधिकारी को गाडी आएर रोकियो प्रभातलाई उसले राम्रोसँग चिन्थियो ।
यसैले त्यहाँको सबै गतिविधि बुझिसकेपछि उक्त अधिकारीले प्रभातलाई जानबाट रोक्दै भन्यो – मिस्टर प्रभात! तिमी राम्रो ईमानदार मान्छे छौं कामप्रति बफादार तिमि जानुपर्दैन कतै ।
यसैबेला कार्यलय सयोगिले प्रभात माथि रचिएको हर्कत सबै रेकर्ड भिडियो प्रमाण सहित देखाईदियो यसपछि तुरुन्तै उसले राहुल सहित जति पनि फटाहा कर्मचारीहरुलाई सधैंको लागी निकाल्दै भन्यो – तपाईंहरु राजनीति गर्नुहोस् यहाँ काम छैन ।
प्रभातलाई भने बढुवा र स्याबासी दिदै भन्यो– मिस्टर प्रभात !
छलकपट जान्दैनन् किन कि उ कामको पुजारी हो यसैले यो संस्था हाम्रो मन्दिर यसैले मन्दीरमा असल पुजारी नै बस्नुपर्छ जाली फटाहाहरु हैन । यसपछि बाकी ईमानदार कर्मचारीहरुले एकैसाथ ताली पिटदै भने– हो हो प्रभात सर!जस्ता कर्मशिल पुजारी नै उपयुक्त रहेको छ यो संस्थामा ।