कांग्रेसको विरासत जोगाउन सुवेदी उमेदवार
Wednesday, May 4th, 2022, 6:36 pm
Kalpristha
कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेशद्धारका रुपमा रहेको कोहलपुर नगरपालिकाको उपप्रमुखमा कस्ले वाजी मार्ला चासोको विषय बनेको छ ।
अघिल्लो निर्वाचनमा उप–प्रमुखमा कांग्रेसका तर्फबाट सञ्जुकुमारी थारु विजयी भएकी थिइन भने थारुको विरासत जोगाउन युवा नेतृ संगीता सुवेदीलाई कांग्रेसले उपप्रमुख पदको उमेदवार बनाएको छ ।
व्यापारिक पृष्ठभूमिबाट सामाजिक क्षेत्र हुँदै सुवेदी राजनीतिमा प्रवेश गरेकी हुन् । १४ औं महाधिवेशनबाट सुवेदी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि राजनीतिमा सम्भावना देख्ने युवाहरुका लागि प्रेरणाको स्रोत बनिन् । छोटो समयमा सुवेदीले आफूलाई राजनीतिमा अब्बल बनाइ सकेकी छिन् ।
त्यसैले त पार्टीले पनि आशा र भरोसाको केन्द्रकारुपमा स्थापित सुवेदीलाई पश्चिम तराइको उदाउँदो सहर कोहलपुरको उपप्रमुख पदको उम्मेदवार बनाएको छ ।
कोहलपुर नगरपालिका–११ की ३८ वर्षीया सुवेदीले प्रविणता प्रमाणपत्र तह अध्ययन गरेकी छिन् । २०४१ सालमा कास्कीमा जन्मिएपनि सुवेदीको कर्मथलो भने बाँके नै बन्यो । ग्रीनपिस मावि कोहलपुरबाट माध्यामिक तह उर्तिण गरेपछि उनले प्रविणता प्रमाणपत्र तह भने बागेश्वरी बहुमुखि क्याम्पस कोहलपुरबाट गरेकी हुन् ।
कोहलपुर उद्योग वाणिज्य संघको वाणिज्य तर्फको उपाध्यक्ष समेत रहेकी सुवेदीले यसअघि जेसीसको अध्यक्ष, लाइन्स अफ कोहलपुर कस्वतीको अध्यक्ष, लोक तथा दोहोरी प्रतिष्ठानको सल्लाहाकारजस्ता संघ–संस्थामा बसेर नेतृत्वदायी भूमिका निर्वाह गरिसकेकी छिन् ।
युवापुस्ताका लोकप्रिय, सहयोगी, मिलनसार स्वभावका कारण कोहलपुर नगरपालिकाको उपप्रमुखमा सुवेदी अन्य उम्मेदवार भन्दा बलियो देखिएकी छिन् । विभिन्न संघ–संस्थामा रहेर कुशलतापूर्वक नेतृत्व प्रदान गरिसकेकाले कोहलपुरबासीले सुवेदीलाई आशा, भरोसा र सम्भावना भएको महिला नेतृको रुपमा चिन्ने गरेको छ ।