गठबन्धनको प्रचारमा स्थानीयको सहभागिता
Wednesday, May 4th, 2022, 7:58 pm
Kalpristha
खजुरा गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन रहेको छ । स्थानीय चुनावको नतिजालाई गठबन्धनको पोल्टामा हाल्न पालिकाका सबै वडा र घर–घर गठबन्धनका उमेदवार पुगिरहेका छन् ।
बुधबार खजुरा गाउँपालिकाको वडा नम्बर १ र २ मा गठबन्धनका समर्थकको ठूलो हुल नै देखियो । वडा नम्बर २ मा वडास्तरीय प्रचारमा गठबन्धनबाट अध्यक्ष पदका उमेदवार डम्बर विक ‘तुफान’ र उपाध्यक्ष पदकी उमेदवार मञ्जु मल्ल पुग्दा वडाका करिब ५ सय जनताको हुल नै आएको थियो ।
तुफान र मल्ले सो सहभागितालाई सम्बोधन गर्दै जनताले गठबन्धनलाई अति चाहेको बताए ।

…
त्यस्तै वडा नम्बर १ जुन नेकपा एमालेबाट अध्यक्ष पदका उमेदवार सुमन मल्लको हो । मल्लले २०७४ सालको स्थानीय चुनाव वडा अध्यक्षसमेत जितेका थिए । सोही वडामा पनि गठबन्धनलाई जिताउनु पर्छ भन्ने स्थानीयको कमी रहेन ।
वडा नम्बर १ मा स्थानीयको ठूलै जमातले गठबन्धनका लागि घरदैलो गरेको पाइयो ।
बुधबार गठबन्धनले अन्य वडामा पनि सकृय प्रचारप्रसार गरेको थियो ।
खजुरमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को संयुक्त वाम–लोकतान्त्रिक गठबन्धन रहेको छ । उक्त गठबन्धनका तर्फबाट खजुरा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओदवादी केन्द्रबाट डम्बर विक ‘तुफान’, नेपाली कांग्रेसका तर्फबाट उपाध्यक्षमा मञ्जु मल्ल उमेदवार रहेका छन् ।

….
घरदैलो अभियानमा नेपाली कांग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता, सर्बसाधारण लगायतको उत्साहजनक सहभागिता हुने गरेको छ । घरदैलो अभियानका क्रममा गठबन्धनका उमेदवारले जनताका समस्या टिपोट गर्दै निर्वाचित भएपछि पुरा गर्ने प्रतिवद्धता जनाइरहेका छन् ।
खजुरा गाउँपालिकामा कांग्रेस र माओवादीबीच गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा होमिएका हुन् ।
खजुरा गाउँपालिकामा नेपाली कांग्रेस र माओवादीले ८ वडा मध्ये ४ वडामा गठबन्धन गरेका छन् । वडा नम्बर १ र ३ मा कांग्रेसले वडा अध्यक्ष तथा २ र ४ नम्बर वडामा माओवादी केन्द्रले वडाअध्यक्षको उम्मेदवार भागबण्डा गरेका छन् । अन्य ४ वडामा भने एकल प्रतिस्पर्धा रहेको छ ।
गठबन्धनका तर्फबाट संयुक्त निर्वाचन परिचालन कमिटी समेत गठन गरेर चुनावी गतिविधी अगाडि बढाइएको छ । जसको संयोजकमा राजकुमार बिक र सहसंयोजकमा रामजी शर्मा रहेका छन् ।
यस्तै सदस्यमा कांग्रेस र माओबादी केन्द्रका खजुरा गाउँ कमिटि, वडा कमिटि एव भातृ संगठन र शुभेच्छुक संघका सम्पूर्ण पदाधिकारीलाई सदस्यमा राखिएको छ । यसैगरी सचिवालय संयोजकमा दीपबहादुर थापा र सह–संयोजकमा शरद पोखरेल रहेका छन् ।