संचारिका समूहको भित्तेपात्रो विमोचन
Wednesday, May 4th, 2022, 8:47 pm
Kalpristha
संचारिका समूह बाँकेको भित्तेपात्रो विमोचन गरिएको छ । विश्व स्वतन्त्रता दिवशको अवसर नयाँ वर्ष २०७९ सालको भित्तेपात्रो विमोचन गरिएको हो ।
मंगलबार नेपालगन्जमा आयोजित कार्यक्रममा इन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महतले भित्तेपात्रोको विमोचन गरेका हुन् ।
कार्यक्रममा प्रमुख अथिति महतले संचारिका समूहले महिला पत्रकार र महिलाका विषयलाई मात्र सम्बोधन नगरी बालबालिका, पुरुष, मानब अधिकारलगायतका विषयलाई समेटनु पर्ने बताए । उनले बाँकेमा विगतदेखि नै संचारिकालाई इन्सेकले सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा पनि महिला पत्रकारहरुलाई आवश्यकता सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा संचारिका समूह बाँकेकी पूर्वअध्यक्ष डा. मुना श्रेष्ठले महिला पत्रकारहरुलाई पत्रकारितामा सक्रिय बनाउन विभिन्न विषयहरुमा फिचर र खोजमूलक लेख लेखन कार्यमा सहयोग गर्न सुझाव दिएकी छिन् । उनले भौतिक संरचनाको विषयलाई उठान गर्दै समूहको आफ्नै कार्यलय व्यवस्था गर्न महासंघलाई पहल गर्नु पर्ने बताइन् ।
कार्यक्रममा प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट प्रसाद धितालले बाँकेमा महिला पत्रकारहरुको खडेरी नै लागेको बताए । धितालले नयाँ वर्षमा भित्तेपात्रो निकालेर यस क्षेत्रमा महिला पत्रकारहरु अझैं पनि सक्रिए रहेको उदाहरण दिएको बताए । अध्यक्ष धितालले अबका दिनमा पत्रकारहरुलाई यो पेशामा अझैं अव्बल बनाउन स्वम महिला पत्रकारले भूमिका खेल्न आवश्यक रहको बताए ।
संचारिका समुह बाँकेका अध्यक्ष रुपनी जी.एमको अध्यक्षतामा सम्पन्न गरिएको उक्त कार्यक्रममा संचारिका समूहका सस्थापक अध्यक्ष अक्षरी पोख्रेल, समूहकै लुम्बिनी प्रदेश उपाध्यक्ष रुपा गहतराज, त्यसैगरी संचारिका समूह लुम्बिनी प्रदेशको महासचिव मेनुका चौधरीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बाँकेमा महिला पत्रकारको संख्या पहिलाको तुलनामा दिनानुदिन घट्दै गइरहेको बताउँदै महिला पत्रकारहरुलाई संरक्षण र उत्पादनमा सहयोग गर्न आवश्यकता रहेको सरोकारवालाहरुले बताएका छन् ।