विन्दू आफैंमा उपमेयरको ‘फाइटिङ क्यान्डिडेट’
Thursday, May 5th, 2022, 8:56 am
Kalpristha
नेपालगन्जको लागि बिन्दु चर्ती मगर आफंैमा उपमेयरको ‘फाइटिङ क्यान्डिडेट’ हुन्, त्यसैमा नेपालगन्जका मेयर डा.धवल समशेर राणाको बिरासत जोगाउन राणा जस्तै स्वच्छ छवि भएको उम्मेदवारको आवश्यकता बिन्दुले पूरा गरेको धेरैको बुझाइ छ ।
नेपालगन्जको लागि बिन्दु चर्ती मगर नौलो नाम होइन । धेरै महिला उधमीहरुले उद्यमी बिन्दुको नामले चिन्छन त कतिले बिन्दुलाई पुष्प व्यवसायीको नामले चिन्ने गर्छन् ।
त्यस्तै नेपालगन्जका विभिन्न संघ–संस्थामा सक्रिय रहेका ठूलो जमातले बिन्दुलाई समाजसेवीको रुपमा पनि चिन्ने गर्छन् ।
अनेक संघ–संस्थासँग आवद्ध रहेर लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएकी चर्तीमगरलाई चिन्ने अनेकन उपमाहरु छन् । पुष्प व्यवसायी चर्ती मगर महिला उधमीहरुको लागि एक प्रेरणाको स्रोत हुन् भने दिनदुखीको लागि अभिभावक पनि ।
व्यवसायसँगै समाजसेवा र राजनीतिमा पनि उत्तिकै सक्रिय चर्तीमगर आसन्न वैशाख ३० गते हुने नेपालगन्ज उप–महानगरपालिकाको निर्वाचनमा राप्रपाबाट उपमेयर पदमा प्रत्यासिको रुपमा उभिएकी छिन् ।
राप्रपाकै डा.धवल समशेर राणाले २०७४ को स्थानीय निर्वाचनमा जित हासिल गरेको स्थानीय तह भएकाले पनि राप्रपालाई गतिलो उम्मेदवार दिनुपर्ने चर्को दबाबका बिच राप्रपाले बिन्दुलाई नेपालगन्जको भाबी उपमेयरको रुपमा प्रस्तुत गरेको छ । जसलाई स्थानीय समेतले स्वीकार्दै गरेको पाइन्छ ।
नेपालगन्जको लागि बिन्दु चर्ती मगर आफंैमा उपमेयरको ‘फाइटिङ क्यान्डिडेट’ हुन्, त्यसैमा नेपालगन्जका मेयर डा.धवल समशेर राणाको बिरासत जोगाउन राणा जस्तै स्वच्छ छवि भएको उम्मेदवारको आवश्यकता बिन्दुले पूरा गरेको धेरैको बुझाइ छ ।
राप्रपाको ईलाका सचिवबाट राजनैतिक यात्रामा प्रवेश गरेकी चर्ती मगर नेपालगन्ज नगरमा जहाँ–जहाँ चुनावी अभियान लिएर भोट माग्दै जान्छिन्, त्यहाका नगरबासीको अथाह माया र आशिर्वाद पाएकी छिन् ।
व्यवसायमा नयाँ आउने महिला उधमीदेखि लिएर केही गर्ने जोश र भिजन लिएर व्यवसायमा छिर्ने महिला दिदिबहिनीको लागि प्रेरणा बन्दै स्वरोजगार बन्न प्रेरित गर्ने चर्तीमगर सबैको ‘बिन्दु दिदी’ बन्ने गरेकै कारण उनको चुनावी माहोल विपक्षी भन्दा धेरै अगाडि रहेको नगरबासीको बुझाइ छ ।
राजनीतिज्ञ भन्दा समाजसेवीको रुपमा परिचय बोकेको कारण पनि नगरबासी चर्तीमगरलाई जित स्वीकारयोग्य रहेको बताउँछन् । पद र प्रतिष्ठा भन्दा सेवामा धेरै विश्वास गर्ने बिन्दु नेपालगन्ज उप–महानगरपालिकाको उपमेयर भएको खण्डमा नगरबासीको लागि उनले गर्नसक्ने कामहरुलाई मध्यनजर गर्दै चर्तीलाई उपमेयरमा जितेको देख्ने सपना रहेको नेपालगन्जवासीको बुझाइछ ।
नेपालगन्जलाई ‘ग्रीन एण्ड क्लिन’ शहर बनाउने सपना लिएकी चतीमगरले अति बिपन्न परिवार तथा महिलालाई आत्मनिर्भर कसरी बनाउन सकिन्छ भनेर लाग्ने योजना रहेको बताउँछिन् । उसो त चर्तीमगरले व्यवसायिक जिवनमै धेरै महिलालाई उधमी बन्न प्रेरित गरेको र उधमी बनाउन विभिन्न तालिमके आयोजना गरेर सफल बनाएका उदाहरणहरुको कमी छैन ।
स्थानीय तह निर्वाचन लक्षित चुनावी अभियान र घरदैलो कार्यक्रममा मतदाता रिझाउन उम्मेदवारहरु लागि परिरहेको अवस्थामा मध्य तथा सुदूरपश्चिमको केन्द्र मानिने नेपालगन्जमा राप्रपाबाट मेयर र उपमेयरमा क्रमश नन्दलाल वैश्य र बिन्दु चर्ती मगर चुनावी अभियानमा होमिएका छन् ।