घोषणा–पत्र लिएर नेपालगन्जवासीको घर–घरमा
Thursday, May 5th, 2022, 6:57 pm
Kalpristha
गत स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उप–महानगरपालिकाको मेयरमा जित हासिल गरेको राप्रपाका उम्मेदवार इतिहास दोहोयाउने मुडमा मतदाताको घरदैलोमा पुगी रहेका छन् ।
नेपालगन्जका टोलटोलमा राप्रपाका उम्मेदवार आफ्नो घोषणा पत्र र नेपालगन्ज नगर बिकासको एजेण्डा बोकेर जनता समक्ष पुगेका हुन् । राप्रपाले नेपालगन्ज उप–महानगरपालिकाको मेयरमा राप्रपाले नन्दलाल वैश्य र उपमेयरमा बिन्दु चर्ती मगरलाई चुनावी मैदानमा पठाएको छ ।
घरदैलो कार्यक्रममा राप्रपाका महामन्त्रीसमेत रहेका नेपालगन्ज उप–महानगरपालिकाका मेयर डा.धवल समशेर राणाले नेपालगन्जको लागि उपयुक्त र उम्मेदवार वैश्य भएको बताएका थिए ।
मेरो पार्टीको उम्मेदवार भएर भन्दा पनि समाजमा गरेको योगदान, क्षमता, भिजनको कारण नेपालगन्जको मेयरमा नन्दलाल बैश्यको बिकल्प नरहेको राणाले बताएका थिए ।
राप्रपाबाट नेपालगन्ज उपमहानगरपालिकाका मेयरका उम्मेदवार बैश्यले आफ्नो कम बोल्ने र धेरै गर्ने बानी रहेको र नेपालगन्जका मेयर डा. धवल समशेर राणाको सुरु गरेका र केही बाँकी रहेका कामलाई आफुले पूरा गर्ने र जनतालाई निरास नबनाउने बताएका थिए ।