सफा नेपालगन्ज बनाउछु : मिश्र
Thursday, May 5th, 2022, 7:01 pm
Kalpristha
नेकपा एमालेका उम्मेदवार पशुपतिदयाल मिश्रले लामखुट्टे नियन्त्रणको मुद्दालाई उठाएका छन् । मिश्रले लामखुट्टे नियन्त्रण गर्ने र त्यसबाट निम्तिएको जनस्वास्थ्य समस्यालाई नियन्त्रण गर्ने रणनीति अघि सारेका छन् ।
नेपालगन्ज अत्याधिक गर्मी हुने शहर भएकाले यहाँ गर्मीसंगै लामखुट्टे बिगबिगी रहेको छ । लामखुट्टेका कारणले डेंगु, मलेरिया, चिकुनगुनिया, जापानीज इन्सेफ्लाइटिस जस्ता रोग लाग्ने गरेको छ ।
लामखुट्टे नियन्त्रण गर्नका लागि सरसफाई अपरिहार्य हुन्छ । नेपालगञ्जलाई सफा शहर बनाउन सक्दा केही हदसम्म लामखुट्टे नियन्त्रण गर्न सकिन्छ । सफा शहरको योजना मिश्रले अगाडि सारेका छन् ।
‘इच्छाशक्ति चाहिन्छ यो काम गर्न । हामीसँग त्यो इच्छाशक्ति छ । ढुक्क हुनुहोस् हामी त्यो काम गर्छौ,’ मिश्रले भने ।
त्यस्तै चुनाव लक्षित कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिकाका मेयर पदका उम्मेदवार पशुपतिदयाल मिश्र दिनभर व्यस्थ छन् । भब्य नाँचगान सहित मतदाताले घर–घरमा स्वागत गरेका छन् ।
नेकपा एमालेका मेयर पदका उम्मेदवार मिश्र र उपमेयर पदका उम्मेदवार शान्ति ढकाल जहाँ जुन वडामा पुग्छन्, त्यहाँका मतदाताले हर्षोल्लासका साथ नाँचगान सहित स्वागत गर्ने गरेका छन् ।
बिहीबार बिहान मेयरका उम्मेदवार मिश्र र उपमेयरका उम्मेदवार ढकाल नेपालगन्ज उपमहानगरको वडा नम्बर २२ पुगेका छन् । त्यहाँ मतदाताले मेयर र उपमेयरका उम्मेदवारलाई भब्य स्वागत गरेका छन् ।
वडा नम्बर २२ मा मात्रै होइन मिश्र जहाँ जुन वडामा पुगेका छन् त्यहाँ पनि भब्य स्वागत हुने गरेको छ । जनताको भब्य स्वागत देखेर मिश्र उत्साहित छन् । उनी भन्छन्, ‘अहिलेसम्म जहाँ पुगेको छु, स्थानीयको न्यानो माया पाएको छु ।
यसले मलाई उत्साहित बनाएको छ ।’