भूमिहीन सुकुम्वासी र मजदुरहरुको समस्याप्रति चिन्तित छु : बिष्ट
Sunday, May 8th, 2022, 4:47 pm
Kalpristha
नेपालगन्ज उप–महानगरपालिकाका नेपाली कांग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार प्रशान्त बिष्टले भूमिहीन सुकुम्वासी र मजदुरको समस्या समाधानका लागि दत्तचित्त भएर लागि पर्ने बताएका छन् ।
आइतबार नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २० मा ठूलो संख्याको उपस्थितिमा गरिएको गरीदैलो कार्यक्रमका क्रममा उनले समुदायमा समस्या झेली रहेका र अधिकार प्राप्ती गर्न नसकेका त्यस्ता वर्गहरुको समस्याप्रति अत्यन्तै चिन्तित रहेको बताए ।
विष्टले नेपालगन्ज उप–महानगरपालिकाको वडा नम्बर २० क्षेत्रफलका हिसावले पनि ठूलो वडा भएकाले विकासको लागि योजनागत रुपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले वडानम्बर २० कै राझामा रहेको विमानस्थलको स्तरउन्नतीका लागि संघीय सरकारसँग पहल गर्नेसमेत बताए ।
साथै मदताताहरुले दिएको हौसलाले आफूमा उत्साह थपिएको बिष्टले बताए ।
.
घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, नेपाली कांग्रेस बाँकेका सचिव शुधान्सु कोइरालालगायत बाक्लो संख्यामा कांग्रेस नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुको उपस्थिति रहेको थियो । सो उपस्थितिले कांग्रेसप्रति जनलहर प्रष्टरुपमा बढ्दै भान आमनागरिकले गरेका छन् ।
बिष्ट पुग्नासाथ स्वःस्फूर्त रुपमा शुभेच्छुकहरुले उपस्थित भएर आर्शिबाद र शुभेच्छा प्रकट गरे । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २० मा नेपाली कांग्रेसका तर्फबाट वडाअध्यक्षमा रविन्द्र लामिछाने, महिला सदस्यमा गौरा यादव, दलित महिला सदस्यमा जिरा सार्की, वडा सदस्यमा सन्तोषकुमार शर्मा र दिलबहादुर शाही रहेका छन् ।